कुकुरले ‘क्याक्क’ पार्ला है !
सारांश
- कुकुर तिहारमा कुकुरको पूजा गर्दा धेरै मानिस कुकुरको टोकाइबाट घाइते हुने गर्छन्।
- कुकुरको टोकाइबाट रेबिजको जोखिम बढ्ने भएकाले स्वास्थ्यकर्मीको सल्लाहअनुसार खोप लगाउनुपर्छ।
- टेकु अस्पतालमा दैनिक कुकुरको टोकाइबाट घाइते हुने बिरामीको संख्या उल्लेख्य रहेको छ।
नेपालीको दसैँ पछिको अर्को महान् चाड तिहार सबैको घर आँगनमा आइसकेको छ । तिहारको एक महत्त्वपूर्ण दिन लक्ष्मी पूजासँगै कुकुर तिहार पनि आजै परेकोले नेपालमा मनाइँदैछ।
कुकुरलाई घर पालुवा जनावरको रूपमा पाल्ने पनि गर्दछौँ भने शास्त्रीय/धार्मिक मान्यता अनुसार कुकुरलाई यमदूतको रूपमा पनि लिने गरिन्छ । कुकुरलाई आज्ञापालक र रक्षकको रूपमा पनि लिइन्छ।
विभिन्न अनुसन्धानहरूले कुकुर पाल्दा शारीरिक तथा मानसिक स्वास्थ्यमा प्रभावकारी लाभ अनि तनाव नियन्त्रण समेत उत्तिकै सहयोगी हुने पुष्टि भइसकेको छ। तर यी सबैका बाबजुद कुकुरमा पनि मानिसमा जस्तै खुसी, दुखी, आवेग, रिस जस्ता भाव/स्वभावहरू हुन्छन्/ हुनसक्छन्।
बर्सेनि कुकुर तिहारको दिन कुकुरको पूजा गर्दा दुर्भाग्यवश धेरै मानिसहरू कुकुरकै टोकाइबाट घाइते भई अस्पताल आउने गरेको मलाई सम्झना छ (फोटोमा-कुकुर पूजा गर्दा कुकुरको टोकाइबाट भएका घाउहरू)।

तिहार सुरु भए देखिनै पटाका पड्काउने चलन अहिले पनि विद्यमान देखिन्छ। यद्यपि वर्षौँ अगाडीको जस्तो अवस्था भने छैन। पटाकाको आवाजले गर्दा कुकुरहरू विचलित हुने, डराउने, आक्रामक समेत हुने गर्दछन्। कुकुरको पूजा गर्ने बेला आरती गर्ने, टिका लगाइदिने र माला लगाउने गरिन्छ।
यस्तो अवस्थामा धेरैले आफूलाई (घाइते बिरामीले) कुकुरले टोकेको भन्ने गरेको मलाई सम्झना छ। अर्को भनेको कुकुरलाई माला लगाइसके पछि कुकुरको खुट्टा ढोग्न जाँदा क्याक्क पारेर घाउ भयो भनेर पनि धेरै घाइते बिरामीहरू अस्पताल आउने गरेकोमा मलाई सम्झना छ। यस्ता धेरै जसो घाइतेहरू कुकुर तिहारको भोलि पल्ट आउने गरेको देखिन्छ। यद्यपि आउन भने कुकुर तिहारको दिन देखिनै देखिन्छ।
यहाँ महत्त्वपूर्ण कुरा भनेको कस्तो अवस्थामा अस्पताल वा स्वास्थ्य चौकीमा गएर स्वास्थकर्मीसँग सल्लाह लिने वा/तथा रेबिज विरुद्धको खोप लिने भन्ने हो। रेबिज प्राणघातक सरुवा रोग हो।
कतिपय कुकुरका मालिकले आफूले पालेको कुकुरमा मरेपछि परीक्षण गर्दा रेबिज पुष्टि भएको रिपोर्ट समेत लिएर आउने गरेको मलाई सम्झना छ ।
टेकु अस्पतालमा सामान्यतया दैनिक तीन-चार सयजना भन्दा बढी विभिन्न जनावरबाट, विशेष गरी कुकुरको, टोकाइबाट घाइते भई आउने गर्दछन्। यसमा १५ वर्ष मुनिका बालबालिका सबैभन्दा बढी हुने गर्दछन्।
तर कुकुर तिहारको दिन भने अलि फरक विशेषत अधिकांश परिवारका ज्येष्ठ नागरिक वा घर मूली (पूजापाठ गर्ने) बढी कुकुरको टोकाइबाट घाइते हुने गरेको देखिन्छ। यो स्वाभाविक पनि हो। किनभने पूजापाठ बालबालिकाले नगरी मुख्यतः घरको मूलीले नै गर्ने हुँदा यस्तो ट्रेन्ड देखिएको हुन सक्दछ। ट्रेन्ड जे होस्, टोकाइबाट हुनसक्ने रेबिजको सङ्क्रमणबाट बच्ने उपाय गर्नु उत्तम हुनेछ। कुकुर घर बाहिर (कुकुर मालिक बिना) गइरहने र त्यसमा पनि रेबिज विरुद्धको खोप नलगाइएको अवस्थामा बाहिरको कुकुर (समुदाय कुकुर) सँग को सम्पर्क (झगडा) पछि सो घरको कुकुर रेबिज सङ्क्रमित हुने सम्भावना उच्च हुने गर्दछ।
कतिपय कुकुरका मालिकले आफूले पालेको कुकुरमा मरेपछि परीक्षण गर्दा रेबिज पुष्टि भएको रिपोर्ट समेत लिएर आउने गरेको मलाई सम्झना छ । मसँगको कुराकानीमा कतिपय भेटनरी डा’साबले समुदायका कुकुरहरूमा पनि रेबिज सङ्क्रमण देखिने गरेको भन्ने गरेका छन्। यदि समुदायका कुकुरहरूलाई पनि रेबिज विरुद्धको खोप दिन सकेको हुँदो हो त रेबिजको जोखिम धेरै हदसम्म न्यून हुने थियो होला। तर यसको विशेष जिम्मेवारी कुन निकायको हो भन्ने अझसम्म पनि खासै प्रस्ट भएको देखिँदैन।
स्तो अवस्थामा घाउ सानो भए पनि रेबिज विरुद्धको खोप जति सक्दो चाँडो लगाउनु पर्दछ। समुदायका कुकुरहरू सबैमा रेबिज विरुद्धको खोप लगाएको घोषणा नभएको टोकेपछि खोप लगाउनु उपयुक्त हुनेछ।
तसर्थ कुकुर मालिक बिना पनि कुकुर घर बाहिर गइरहने गर्दछ भने सो कुकुरको टोकाई पछि तुरुन्त चिकित्सकको सल्लाहमा रेबिज विरुद्धको खोप लिन उपयुक्त हुनेछ। त्यस्तै गाउँघर तिर घरमा पालिएका कुकुरहरू राती घरमा बस्ने भएता पनि दिनभरि बाहिर पनि घुम्ने(डुल्ने) र रेबिज विरुद्धको खोप समेत नलाउने हुँदा रेबिजको झन् उच्च भएको देखिन्छ। मेरो लामो अनुभवले अस्पतालमा रेबिज सङ्क्रमित भई आउनेहरूमा काठमाडौँ बाहिर विशेषत गाउँघरका भएका देखेको छु र यसको एक प्रमुख कारण भनेको घरमा पालेको कुकुरले टोकेपछि खोप लिनु पर्दैन भन्ने मान्यताले बलियो जरा गाड्नु हो भन्ने मेरो बुझाई हो। यसको लागो पर्याप्त जनचेतनाको आवश्यक देखिन्छ।
कुकुर तिहारको दिन घरको मात्र होइन सामुदायिक कुकुरहरूलाई पनि पूजा गर्न चलन छ। घरमा आफ्नो कुकुर नभएको अवस्थामा कतिपयले बाहिर गएर कुकुरलाई पूजा गर्ने गर्दछन्। तर विभिन्न कारणले गर्दा कहिले काहीँ त्यस्ता कुकुरले टोकेर गरेर पनि अस्पताल आउने गर्दछन् ।
यस्तो अवस्थामा घाउ सानो भए पनि रेबिज विरुद्धको खोप जति सक्दो चाँडो लगाउनु पर्दछ। समुदायका कुकुरहरू सबैमा रेबिज विरुद्धको खोप लगाएको घोषणा नभएको टोकेपछि खोप लगाउनु उपयुक्त हुनेछ। नेपालमा खोप स्वास्थ्य केन्द्र, निजी अस्पताल तथा औषधी पसलहरूमा सहजै पाइन्छ। टेकु अस्पतालमा भने चौबिसै घण्टा (ओपिडी नभएको बेला आकस्मिक कक्षबाट दिइन्छ) यो खोपको सेवा दिने गरिन्छ ।
अन्तमा, रेबिज एक प्राणघातक सरुवा रोग हो तर बेलैमा खोप लगाए शतप्रतिशत सुरक्षित भइन्छ। नेपालमा यो भाइरसबाट बर्सेनि दर्जनौँको ज्यान जाने गरेको तथ्याङ्क देखिन्छ। बर्सेनि कुकुर तिहारको दिन धेरै घाइते बिरामीहरू रेबिज विरुद्धको खोप लगाउन अस्पताल आइपुग्ने गर्दछन्। तर यो दिन कुकुरको टोकाइबाट अस्पताल आउनेको सङ्ख्या भन्दा कयौँ गुणा बढी घाइतेहरू खोपको आवश्यकता नठानेर अस्पताल नआएको हुन सक्दछ। यसबाट रेबिज सङ्क्रमणको जोखिम बढ्छ। तसर्थ के तपाईंलाई पनि आज पूजा गर्न खोज्दा कुकुरले क्याक्क पार्यो ? बेवास्ता नगरौँ। तुरुन्त खोप लगाऔँ।
डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटमा संयोजक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण