सल्यानमा जुवा खेलिरहेको अवस्थामा वडाध्यक्षसहित ६ जना पक्राउ
सोमबार, ०३ कात्तिक २०८२, ०६ : ५५
१
सारांश
- सल्यानको शारदा नगरपालिका-१ का वडाध्यक्षसहित ६ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन्।
- प्रहरीले उनीहरूको साथबाट १ लाख ७ हजार ६ सय २५ रुपैयाँ नगद, मोबाइल र तास बरामद गरेको छ।
- पक्राउ पर्नेमा वडाध्यक्ष प्रदीप पाण्डे, स्थानीय बासिन्दा र दार्मा गाउँपालिकाका एक व्यक्ति छन्।
सुर्खेत । सल्यानको शारदा नगरपालिका–१ का वडाध्यक्षसहित ६ जनालाई प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा शारदा नगरपालिका–१ का वडाध्यक्ष प्रदीप पाण्डेसहित सोही वडाका लोकबहादुर बुढाथोकी, मोहमद मियाँ, राजु भण्डारी, सागर पाण्डे र दार्मा गाउँपालिका–६ का झपेन्द्र प्रकाश रोकाय रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, आइतबार साँझ विशेष सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक डा. हेम बहादुर केसीको कमाण्डमा खटिएको टोलीले शारदा नगरपालिका–१ श्रीनगरस्थित लोकबहादुर बुढाथोकीको घरमा छापा मारेको थियो।
प्रहरीले उनीहरूको साथबाट १ लाख ७ हजार ६ सय २५ रुपैयाँ नगद, ६ थान मोबाइल, प्रयोग गरिएका र नगरिएका गरी ११ गड्डी तास बरामद गरेको छ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण