सुकुम्वासी बस्तीमा ७ राउन्ड गोली फेला
मङ्गलबार, ०४ कात्तिक २०८२, १० : २१
सारांश
- भक्तपुरको सुकुम्वासी बस्तीबाट प्रहरीले ७ राउन्ड गोली बरामद गरेको छ।
- लोकन्थलीमा बेवारिसे अवस्थामा भेटिएको थ्रिनट थ्रि राईफलको ५ राउन्ड र एसएलआरको २ राउन्ड गोली फेला परेको हो।
- प्रहरीले जेनजी प्रदर्शनमा उच्छृङ्खल समूहले गोली लुटेको आशंका गर्दै अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । प्रहरीले भक्तपुरको सुकुम्वासी बस्तीबाट ७ राउन्ड गोली बरामद गरेको छ ।
मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली स्थित मनहराको सुकुम्वासी बस्तीमा बेवारिसे अवस्थामा भेटिएको थ्रिनट थ्रि राईफलको ५ राउन्ड र एसएलआरको २ राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले जानकारी दिए ।
जेनजी प्रदर्शनमा उच्छृङ्खल समूहले प्रहरी कार्यालयहरूबाट सो गोली लुटेको आकलन गरिएको छ । गोली लुट्ने व्यक्तिबारे जिल्ला प्रहरी परिसर भक्तपुरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण