यस पटकको तिहारमा ढाका टोपीको व्यापार सुस्त
सारांश
- यस वर्षको तिहारमा ढाका टोपीको व्यापार घटेकोमा व्यवसायीहरूले गुनासो गरेका छन्।
- भाइटीकामा दाजुभाइलाई दिइने ढाका टोपीको मागमा कमी आएको छ, जुन पहिले उच्च थियो।
- जेनजी आन्दोलन र देशको शोकपूर्ण माहोलका कारण व्यापार प्रभावित भएको व्यवसायीको भनाइ छ।
काठमाडौँ । यस पटकको तिहारमा ढाका टोपीको व्यापार नभएको भन्दै व्यवसायीहरूले गुनासो गरेका छन्।
काठमाडौँको न्युरोड, ललितपुरको पाटन, इन्द्रचोक, असन, ठमेललगायतका प्रमुख बजार क्षेत्रमा तिहारको भाइटीकाका लागि ढाका टोपीको व्यापार विगतमा निकै फस्टाउने गरेको थियो, तर यस वर्ष गत वर्षजस्तो व्यापार नभएको उनीहरूको गुनासो छ।
नेपालमा ढाका टोपीलाई सांस्कृतिक पहिचानको एक महत्त्वपूर्ण हिस्सा मानिन्छ। दसैँ, तिहार, विवाह, व्रतबन्ध, तीज, छठलगायतका चाडपर्व र उत्सवहरूमा यसको प्रयोग व्यापक रूपमा हुने गर्छ। विशेष गरी तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप ढाका टोपी दिने प्रचलनले यो समयमा टोपीको माग उच्च हुने गर्दथ्यो।
यद्यपि, यस वर्ष बजारमा विभिन्न डिजाइन र गुणस्तरका ढाका टोपीहरू सस्तो मूल्यमा उपलब्ध भए पनि व्यापारले गति लिन नसकेको व्यवसायीहरू बताउँछन्। एक व्यवसायीका अनुसार, यसको प्रमुख कारण हालै भएको जेनजी आन्दोलन हो।
आन्दोलनका कारण देशमा शोकको माहौल सिर्जना भएको र यसले गर्दा सर्वसाधारणको मनोविज्ञानमा असर पुगेकाले सोचेजस्तो व्यापार हुन नपाएको उनीहरूको भनाइ छ। आन्दोलनले देश शोकमा परेकाले पनि ढाका टोपीको व्यापार सुस्ताएको व्यवसायीहरूको बुझाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण