राज्यलाई कमजोर पार्ने गतिविधि अस्वीकार्य छन् : मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री चेतनारायण आचार्यले राज्यलाई कमजोर पार्ने गतिविधि अस्वीकार्य हुने बताए।
- उनले जेन-जेड आन्दोलनको घुसपैठ र अराजकताले राज्यलाई कमजोर पार्ने प्रयास भएको बताए।
- आचार्यले एमाले चुनावको पक्षमा रहेको र सरकारले चुनावी वातावरण बनाउन नसकेको टिप्पणी गरे।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुनै पनि बहानामा राज्यलाई कमजोर पार्ने गतिविधि अस्वीकार्य हुने बताएका छन्।
नेकपा (एमाले) मालारानी गाउँपालिका कमिटीको सचिवालय बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले जेन–जेड आन्दोलनका क्रममा भएको घुसपैठ र अराजकताले राज्यलाई कमजोर पार्ने प्रयास भएको उल्लेख गरे।
उनका अनुसार मुलुकको राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्तालाई कमजोर पार्ने कुनै पनि प्रयास अस्वीकार्य छन्। उनले सचेत नागरिकका रूपमा हरेक व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्दै देशलाई अशान्तिको भूमरीमा जानबाट जोगाउन खबरदारी गर्नुपर्ने आवश्यकता औंल्याए।
मुख्यमन्त्री आचार्यले एमाले चुनावको पक्षमा रहेको तर सरकारले चुनावी वातावरण बनाउन नसकेको टिप्पणी पनि गरे।
मालारानी गाउँपालिका कमिटीका अध्यक्ष बलराम भुसालको अध्यक्षता र एमाले केन्द्रीय सदस्य एवम् मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकको सहजीकरण सचिव देवीराम पोख्रेलले गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण