सर्लाहीमा चाडपर्व लक्षित संयुक्त गस्ती सञ्चालन
बुधबार, ०५ कात्तिक २०८२, २१ : ०५
रौतहट । तिहार र छठ पर्वलाई लक्षित गर्दै सर्लाहीमा शान्ति सुरक्षा सुदृढ पार्ने उद्देश्यले संयुक्त गस्ती सञ्चालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चाडपर्वको समयमा हुन सक्ने हत्या, हिंसा, अपहरण, चोरी, डकैती, पाकेटमार तथा लुटपाटजस्ता अवाञ्छित घटना रोकथामका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितको संयुक्त टोली परिचालन गरिएको हो।
संयुक्त गस्ती टोलीले ब्रह्मपुरी गाउँपालिका, पर्सा गाउँपालिका र ईश्वरपुर नगरपालिकाका विभिन्न क्षेत्रहरूमा पैदल गस्ती गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सरोज कुमार राईले जानकारी दिएका छन्।
प्रहरीका अनुसार चाडपर्वको भिडभाडमा आपराधिक गतिविधि हुन नदिन नियमित गस्ती, चेकजाँच र निगरानी कार्यलाई थप प्रभावकारी बनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण