इन्फ्लुएन्सरहरूमाथि सन्दीप लामिछानेको आक्रोश : आफ्नो सीमा नाघ्ने हिम्मत नगर्नुहोस् !
सारांश
- पूर्व क्रिकेटर सन्दीप लामिछानेले युट्युब च्यानलले व्यक्तिगत मानहानि गरेको भन्दै फेसबुकमा आक्रोश व्यक्त गरे।
- उनले प्याराडाइम टीभी नामक च्यानलले आफ्नो चरित्र हत्या गरेको र मानसिक शान्तिमा हानि पुर्याएको आरोप लगाए।
- विराटनगर किंग्सले सन्दीपको समर्थनमा विज्ञप्ति जारी गर्दै उनलाई खेल भावनाको प्रतीकको रूपमा चित्रण गरेको छ।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले युट्युब च्यानलमा आफ्नो जीवनको उपहास गर्ने र व्यक्तिगत मानहानि गर्ने ‘इन्फ्लुएन्सरहरू’ प्रति आक्रोश व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट जारी गरेका छन्।
लामिछानेले विशेष गरी प्याराडाइम टीभी नामक युट्युब च्यानललाई लक्षित गर्दै, उक्त च्यानलले आफूविरुद्ध बनाएको सामग्री ‘पूर्ण रूपमा षड्यन्त्रकारी’ रहेको र यसको उद्देश्य आफ्नो व्यक्तिगत जीवन, प्रतिष्ठा र गोपनीयतालाई जानीजानी क्षति पुर्याउने रहेको आरोप लगाएका छन्।
उनले लेखेका छन्, ‘तपाईं जुनसुकै खण्डको लागि जसलाई चाहनुहुन्छ, छनोट गर्न सक्नुहुन्छ, तर युट्युब च्यानलको कुर्सीमा बसेर कसैको जीवनको उपहास वा खिल्ली उडाउनु— तथाकथित इन्फ्लुएन्सरहरू, तपाईँहरूलाई लाज लाग्नुपर्छ।’
लामिछानेले उक्त च्यानलले आफ्नो मानसिक शान्ति र प्रतिष्ठामा हानि पुर्याउन व्यक्तिगत चरित्र हत्या गर्ने योजना बनाएर कार्यान्वयन गरेको बताएका छन्। उनले यस कार्यलाई "गहिरो आपत्तिजनक कार्य" को रूपमा लिँदै यसलाई दुर्भावनापूर्ण मनसायका साथ आफूलाई मनोवैज्ञानिक दबाबमा पार्ने र आफ्नो निर्दोष जीवन र खेल करियरको शोषण गरेर च्यानललाई व्यापारीकरण गर्ने अवैध उद्देश्य भएको दाबी गरेका छन्।
उनले ‘प्याराडाइम टीभी’ र उक्त च्यानलमा आफ्नो ‘चरित्र हत्या प्रयास‘ गर्न स्थान दिइएका व्यक्तिहरूलाई चेतावनी दिँदै लेखेका छन्, ‘फेरि कहिल्यै आफ्नो सीमा नाघ्ने हिम्मत नगर्नुहोस्।’
- सन्दीप लामिछानेको समर्थनमा विराटनगर किंग्सको वक्तव्य
यता सन्दीप आबद्ध एनपीएल फ्रान्चाइज विराटनगर किंग्सले पनि उनको समर्थनमा एक पोस्ट गरेको छ । यस्तो छ टोलीको भनाई :
सन्दीप (लामिछाने) नेपाली क्रिकेटमा एउटा नाम मात्र होइनन् — उनी कडा परिश्रम, लगनशीलता र अतुलनीय प्रतिभाको प्रतीक हुन्, जसले एक पूरै पुस्तालाई प्रेरित गरेका छन्।
कसैको व्यक्तिगत सङ्घर्षलाई मनोरञ्जनका लागि उपहास गर्नु वा सनसनीपूर्ण बनाउनु गहिरो निराशाजनक छ र यो खेल भावनाको पूर्ण रूपमा विरुद्धमा छ।
एक टोलीको रूपमा, हामी सन्दीपको साथमा उभिएका छौँ, न केवल उनले मैदानमा हासिल गरेका उपलब्धिका लागि, तर मैदानबाहिर पनि उनी सहनशील, संयमित र आफूले माया गर्ने खेलप्रति समर्पित रहिरहेकाले पनि।
हामी सबैलाई उपहास र हेडलाइनको साटो सहानुभूति र सम्मान रोज्न आग्रह गर्दछौँ। आउनुहोस्, गरिमा, निष्ठा र हरेक व्यक्तिको सम्मान गर्दै क्रिकेटको भावनालाई जीवित राखौँ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण