लगातार दोस्रो खेलमा कोहली शून्य रनमै आउट
बिहीबार, ०६ कात्तिक २०८२, ११ : ०४
सारांश
- एडिलेडमा अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेलमा भारतको सुरुवात खराब रह्यो।
- ओपनर शुभमन गिल नौ रनमा आउट भए भने विराट कोहली शून्य रनमा आउट भए।
- अस्ट्रेलियाले पहिलो खेल जितेर शृङ्खलामा १-० को अग्रता लिइसकेको छ।
एडिलेड । अस्ट्रेलियाविरुद्धको एडिलेडमा जारी एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा भारतको सुरुवात खराब रह्यो। अस्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रेको भारतले सुरुवाती दुई महत्त्वपूर्ण विकेट गुमाएको छ।
ओपनर शुभमन गिल नौ रन बनाएर आउट भए भने स्टार ब्याट्सम्यान विराट कोहली शून्य रनमा आउट भएका छन्। यसअघि पर्थमा भएको पहिलो एकदिवसीय खेलमा पनि कोहली शून्य रनमै आउट भएका थिए।
अस्ट्रेलियाले पहिलो एकदिवसीय खेल सात विकेटले जितेर शृङ्खलामा १-० को अग्रता लिइसकेको छ। भारतले यस अस्ट्रेलिया भ्रमणमा तीन एकदिवसीय र पाँच टी-२० खेल खेल्ने तालिका छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण