बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिता : नेपाल र इरानबिच खेल हुँदै

शुक्रबार, ०७ कात्तिक २०८२, ११ : ४५
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • नेपाली महिला फुटबल टोलीले आज भारतमा इरानसँग प्रतिस्पर्धा गर्दैछ।
  • खेल सिलोङस्थित जवहारलाल नेहरु रङ्गशालामा साँझ ६:१५ बजे सुरु हुनेछ।
  • नेपालले इरानलाई हराएर प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्य राखेको छ।

काठमाडौँ । भारतमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज इरानसँग खेल्दैछ । भारतको सिलोङस्थित जवहारलाल नेहरु रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार साँझ ६ः १५ मा सुरु हुनेछ ।

सावित्रा भण्डारीको कप्तानीमा रहेको नेपालले इरानलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । इरान पनि आफ्नो विजयी यात्रालाई कायम राख्न चाहन्छ । पहिलो खेलमा इरानले घरेलु टोली भारतविरुद्ध २–० को जित निकालेको थियो ।

पछिल्लो पटक इरान नेपालको भेट सन् २०१९ मा भएको थियो । भारतकै कालिङ्गा रङ्गशालामा भएको हिरो महिला कप फुटबल प्रतियोगितामा नेपाल विजयी भएको थियो । फिफा बरियतामा इरान ७० औँ स्थानमा छ भने नेपाल ८९ औँ स्थानमा छ ।

नेपाली टोलिमा कप्तान भण्डारीसहित अनिता बस्नेत, अञ्जना राना मगर, एञ्जिला तुम्बापो सुब्बा, बिमला बिक, दीपा शाही, हिराकुमारी भुजेल, मनमाया दमाई, मिना देउवा र निशा थोकर छन् । 

त्यस्तै प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु र उषा नाथ छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप