भ्यान र मोटरसाइकल एक आपसमा ठोक्किँदा ६ जना घाइते
सारांश
- पर्वतको कुस्मा नगरपालिका-४ छमर्केमा भएको सवारी दुर्घटनामा ६ जना घाइते भए।
- बागलुङबाट कुस्मातर्फ आउँदै गरेको इभी भ्यान र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
- घाइतेमध्ये केहीलाई पोखरा र केहीको पर्वत अस्पतालमा उपचार भइरहेको छ।
पर्वत । मध्य पहाडी राजमार्गअन्तर्गत पर्वतको कुस्मा नगरपालिका–४ छमर्केमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । बागलुङबाट कुस्मातर्फ आउँदै गरेको ग१ज ९०२३ नं को इभी भ्यान र विपरीत दिशाबाट जाँदै गरेको बा प्र ०२–०५३ प ९८३४ नंको मोटरसाइकल ठोक्किँदा चार जना महिला र दुई पुरुष घाइते भएका हुन् ।
दुर्घटनामा परी मोटरसाइकल चालक धादिङको सिद्दलेख गाउँपालिका वडा नं १ नलाङ बस्ने २९ वर्षीय सुजन तिमिल्सिना, इभी भ्यानमा सवार बागलुङ नगरपालिका वडा नं १० भकुण्डे बस्ने ७० वर्षीया वृद्धा रेवती थापा, कास्कीको मादी गाउँपालिका–२ की ७२ वर्षीया पवि थापा, सोही ठाउँकी ४३ वर्षीया इन्दिरा थापा, पोखरा महानगरपालिका–१३ लेखनाथ बस्ने १४ वर्षीय रविन श्रेष्ठ र बागलुङ नगरपालिका–१३ बलेवा बस्ने ३५ वर्षीया जानकी खत्री रहेका छन् ।
घाइतेमध्ये सुजन तिमिल्सिना, रेवती थापा र रविन श्रेष्ठलाई थप उपचारका लागि अन्नपूर्ण अस्पताल पोखरा पठाइएको छ भने अन्य घाइतेहरूको प्रदेश अस्पताल पर्वतमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक समित श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण