अनुमतिविना माइतीघरमा प्रदर्शन गर्न पुगेकालाई धमाधम पक्राउ गर्दै प्रहरी, तस्बिरहरू
काठमाडौँ । अनुमतिविना माइतीघरमा प्रदर्शन गर्न पुगेकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार माइतीघरमा पुगेकाहरूलाई प्रहरीले प्रदर्शन गर्नबाट रोक्दै नियन्त्रणमा लिएको हो ।
_c6Pi9XuYm5.jpg)
यसअघि, माइतीघर विभिन्न जेनजी समूह तथा अन्य समूहले दिनहुँजसो प्रदर्शन गर्दै आइरहेका थिए । सरकारलाई दबाब दिने उद्देश्यले उनीहरूले प्रदर्शन जारी राखेको बताउँदै आएका छन् । अनुमति नलिई नै प्रदर्शनमा आउनेहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
_CYcGv5fK90.jpg)
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार हालसम्म नियन्त्रणमा लिइएकाहरूको सङ्ख्या ७५ जना पुगेको छ । उनले भने, ‘प्रशासनको अनुमति बिना कार्यक्रम गर्न नदिने भनिएको थियो तर, माइतीघरमा उपस्थित भएपछि सोधपुछको लागि नियन्त्रणमा लिएका हौँ । फेरि एउटा समूह पहिलेदेखि नै बसेको थियो, त्यहाँ मनमुटाब हुने अवस्था बनेपछि यो कदम चालिएको हो।’
_eWnxxxzFI9.jpg)
_rDOxgwgXa6.jpg)
_yc4zjtafdI.jpg)
_V2H5uMQYt8.jpg)
_QV60Z26i5h.jpg)
_lYyTJ9B8Yk.jpg)
_jM8lGODXK7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण