रोनाल्डोको ९५०औँ गोल पूरा
आइतबार, ०९ कात्तिक २०८२, ०९ : ५३
सारांश
- क्रिस्टियानो रोनाल्डोले ९५०औँ गोल पूरा गर्दा अल नासरले साउदी प्रो लिगमा जित हासिल गर्यो।
- खेलमा जाओ फेलिक्सले २५औँ मिनेटमा गोल गरे भने रोनाल्डोले ८८औँ मिनेटमा गोल थपे।
- रोनाल्डोले म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्ट्स र अल नासरका लागि गोल गरेका छन्।
काठमाडौँ । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले ९५०औँ करियर गोल पूरा गरेको खेलमा अल नासरले साउदी प्रो लिगमा सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा अल–नासरले अल–हजमलाई २–० ले हराएको हो । योसँगै रोनाल्डो करियरको नौं सय ५० गोल पूरा गरेका छन् ।
किङ्स अब्दुल्लाह स्पोट्र्स सिटी स्टेडियममा भएको खेलमा खेलको २५औँ मिनेटमा जाओ फेलिक्सले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
खेलको ८८औँ मिनेटमा रोनाल्डोले गर्दै गोल गर्दै टिमलाई जित दिलाए ।
रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि १४५, रियल मड्रिडका लागि ४५०, युभेन्ट्सका लागि १०१ र अहिले अल–नासरका लागि १०६ गोल गरेका छन् । राष्ट्रिय टोली पोर्चुगलका लागि उनले १४३ गोल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण