नवलपरासीबाट फरार कैदीबन्दी पाल्पामा पक्राउ
आइतबार, ०९ कात्तिक २०८२, १२ : ३८
सारांश
- नवलपरासी कारागारबाट फरार कैदी श्याम गुरुङलाई पाल्पामा प्रहरीले पक्राउ गरेको छ।
- गुरुङ लागू औषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए र उनी तानसेनमा फेला परेका थिए।
- प्रहरीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरी नवलपरासी कारागार पठाएको छ।
बुटवल । जेनजी आन्दोलनको क्रममा गत भदै २४ गते नवलपरासी कारागारबाट फरार रहेका कैदी बन्दी पाल्पामा पक्राउ परेका छन् ।
कारागार कार्यालय नवलपरासीमा लागू औषध मुद्दामा कैद भुक्तान गरिरहेका कास्की पोखरा महानगरपालिका–२१ बस्ने २८ वर्षीय श्याम भनिने समीर गुरुङलाई आज तानसेनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले गोप्य सूचनाको आधारमा आज बिहान प्रहरी चौकी प्रभास पाल्पाबाट प्रहरी खटिएको प्रहरी टोलीले पक्राउ गरेको बताए।
फरार रहेका गुरुङ ससुराली तानसेन नगरपालिका–१०, साडिखोलामा बसेका थिए । उनलाई कारागार कार्यालय नवलपरासी पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण