बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

छठ पर्व श्रम, शुद्धता र सहअस्तित्वको प्रतीक हो : मेयर कोइराला

सोमबार, १० कात्तिक २०८२, ०९ : ५९
सोमबार, १० कात्तिक २०८२

सारांश

  • विराटनगरका मेयर नागेश कोइरालाले छठ पर्वको शुभकामना दिएका छन्।
  • मेयर कोइरालाले छठ पर्वलाई सामाजिक एकताको प्रतीक भनेका छन्।
  • उनले छठ पर्वले पर्यावरणीय सन्तुलन र सहअस्तित्वको सन्देश दिने बताए।

विराटनगर ।  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सूर्य उपासना तथा प्रकृतिप्रतिको श्रद्धा व्यक्त गर्ने पर्व छठको पावन अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायप्रति शुभकामना व्यक्त गर्दै यस पर्वलाई श्रम, शुद्धता, समर्पण र सहअस्तित्वको प्रतीकका रूपमा वर्णन गरेका छन् ।

मेयर कोइरालाले छठ पर्वलाई साझा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको प्रतीक भन्दै यसले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सामाजिक सहकार्यलाई मजबुत बनाउने उल्लेख गरे । ‘अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने छठको विधि केवल धार्मिक आस्थामात्र होइन, प्रकृतिप्रतिको कृतज्ञता र पर्यावरणीय सन्तुलनको सम्मान पनि हो,’ कोइरालाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

उनका अनुसार छठ पर्वले परिवार, छिमेकी र समुदायबिचको एकता बलियो बनाउँदै सामूहिक सौहार्द र सहअस्तित्वको सन्देश दिन्छ । उनले विराटनगरलाई बहु–सांस्कृतिक सहरको रूपमा चित्रित गर्दै छठ पर्वले विविधता भित्रको एकता झल्काउने सुन्दर उदाहरण प्रस्तुत गरेको बताए ।

मेयर कोइरालाले छठ पर्वले नेपाली समाजमा धार्मिक आस्था मात्र होइन, सामाजिक सहकार्य र पर्यावरणीय चेतना समेत प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे । उनले छठ मइयाप्रति आराधना गर्दै सबै नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप