एकल साँझमा गुञ्जँदै अञ्जना, गाउनेछिन् करिब दर्जन गीत
काठमाडौँ । दुई दशकभन्दा लामो समयदेखि सुगम संङ्गीतमा सक्रिय गायिका अञ्जना गुरुङ एकल साँझमा गुञ्जने भएकी छन् ।
सर्वनाम थियटर कालिकास्थानमा आयोजना हुने ‘अञ्जना एकल सांगीतिक कार्यक्रम २०८२’को आयोजना टीका गोपाल एम् क्रियसनले आयोजना गर्न लागेको हो । सुगम संगीतका अलावा फिल्मको पार्श्व गायनमा समेत सफल गुरुङले कार्यक्रममा आफ्ना नयाँ तथा पुराना गरेर करिब दर्जन गीत पस्किने छिन् ।
अञ्जनाका ‘आँखैमा राख्छु मेरो देश’, ‘म त काली सुन्दरी’, ‘बदनाम भए म तिम्रै कारणले’, ‘आँधीसरी तिम्रो माया’, ‘ठ्याक्कै भेटौंला’, ‘नजर नजरको’, ‘जसले मुटु चुँडेर लग्यो’, ‘माइला रोधी घरमा (कौडा)’, ‘मान चाहे नमान तिमी मेरो हौ’ लगायत गीतहरू चर्चित छन् ।
कार्तिक २१ गते शुक्रबार आयोजना हुने कार्यक्रममा उनले चर्चित गीतबाटै सबैलाई मनोरञ्जन गराउनेछिन् ।
गुरुङको एकल साँझको विशेष अवसर गायक जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङद्वारा स्थापित ‘कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२’ पनि प्रदान गरिनेछ । ५१ हजार नगद राशिको पुरस्कार रहेको पुरस्कार यस वर्ष वरिष्ठ गायक कमल विक ‘निर्मोही’ लाई प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण