निर्वाचन घोषणापछि दुई दल आयोगमा सूचीकृत, ६ वटा प्रक्रियामा
सारांश
- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेको थियो, जसमा दुई दलले मात्रै अध्यावधिक गरेका छन्।
- राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टीले दल दर्ताका लागि अध्यावधिक गरेका छन्, जसमा केशवबहादुर थापा र दीपक कुमार साह अध्यक्ष रहेका छन्।
- ६ वटा राजनीतिक दलले निर्वाचनका लागि निवेदन दिएका छन्, जसमा केही दर्ता प्रक्रियामा रहेका छन् भने केहीले आवश्यक विवरण पेस गरेका छैनन्।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको २१ दिनमा जम्मा दुई दल अध्यावधिक भएका छन् । जेनजी विद्रोहको बलमा बनेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जननिर्वाचित संसद् भदौ २७ गते विघटन गरी निर्वाचन घोषणा गरेको थियो ।
आयोगको वेबसाइटमा अध्यावधिक गरेको दल दर्ताको सूचीमा असोज २४ गते राष्ट्रिय जनमुक्ति पार्टी र असोज २८ गते जनस्वराज पार्टी रहेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्षमा केशवबहादुर थापा रहेका छन् । जनस्वराज पार्टीको अध्यक्षमा दीपक कुमार साह रहेका छन् ।
आयोगले निर्वाचनमा भाग लिने राजनीतिक दलहरूलाई मंसिर १ देखि १० गतेसम्म दल दर्ताको समय दिएको छ । आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था रहेको हुँदा निर्वाचनमा भाग लिन चाहनेले कात्तिक ३० गते अगावै दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्नेछ ।
आयोगमा अहिलेसम्म १२४ दल दर्ता अद्यावधिक भएको छ । निर्वाचन घोषणापछि ६ वटा राजनीतिक दलले निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार दल दर्ताका लागि निवेदन दिएकामा हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टी, नेपाल नागरिक पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभरल पार्टी र राष्ट्रिय जेनजी पार्टीले निवेदन दिएका छन् ।
निवेदन दिएका ६ वटा दलमध्ये श्रम संस्कृति, नेपाल नागरिक, गतिशील लोकतान्त्रिक र राष्ट्रिय परिवर्तन पार्टी दर्ता प्रक्रियामा रहेको, नेपाल लिभरल पार्टी अनुसूची–३ लगायतको विवरण पेस नभएको र राष्ट्रिय जेनजी पार्टी विधान लगायत फाइलमा टिपोट गरेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण