चिकित्सक सङ्घले भन्यो, ‘स्वास्थ्यकर्मीमाथि कुटपिट र तोडफोडमा संलग्नलाई कारबाही गरियोस्’
काठमाडाैँ । उपचारको क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ललितपुरमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि कुटपिट र अस्पतालमा तोडफोड गरिएको घटनाप्रति नेपाल चिकित्सक सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्घले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
सङ्घले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भएको यस्तो आपराधिक कार्यको घोर भर्त्सना गरेको छ । सङ्घले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ भने नवजात शिशुको स्वास्थ्य लाभको कामना गरेको छ ।
उपचारको क्रममा लापरबाही भएको शङ्का लागेमा कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि कुटपिट तथा अमानवीय व्यवहार गर्नुका साथै स्वास्थ्य संस्था नै तोडफोड गर्ने जस्ता आपराधिक कार्यले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबलमा आँच आई स्वास्थ्य सेवा प्रवाहमा नै असर पुग्ने छ,सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
समग्र स्वास्थ्य क्षेत्रलाई आतङ्कित तथा भयभीत पार्ने गरी घटाइएको यस्तो अस्वाभाविक घटनामा संलग्न दोषीहरूलाई अविलम्ब कानुनको दायरामा ल्याई कारबाही गर्न तथा सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसमक्ष माग समेत गरिएको छ ।
गत शनिबार एक जना गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएकाे थियाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण