चिकित्सकले मृत घोषणा गरेको व्यक्ति जब बौरियो
सारांश
- भारतको गुजरातको अस्पतालमा एक बिरामीलाई मृत घोषणा गरियो, तर पछि उनी बौरिए।
- ४५ वर्षीय राजेश पटेललाई मुटुको समस्याका कारण अस्पताल भर्ना गरिएको थियो र डाक्टरले मृत घोषणा गरे।
- अचानक उनको मुटुको धड्कन चलेपछि उनलाई आईसीयूमा सारियो, र अहिले उनको अवस्था स्थिर छ।
काठमाडाैँ । भारतको गुजरात राज्यको सूरत सहरमा एउटा चामत्कारिक घटना प्रकाशमा आएको छ ।
सूरतको न्यू सिभिल अस्पतालमा उपचाररत एक बिरामीलाई चिकित्सकले मृत घोषणा गरे पनि केही समयपछि ती बिरामी बाैरिएका छन् । यो घटनालाई मेडिकल साइन्समै ‘चामत्कारिक’ मानिएको छ ।
अंकलेश्वर निवासी ४५ वर्षीय राजेश पटेललाई उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो । उनको मुटुमा समस्या थियो ।
चिकित्सकको भरपूर प्रयासका बाबजुद उनको स्वास्थ्यमा सुधार आउन सकेन । ईसीजी रिपोर्टमा ‘स्टेट लाइन’ आएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
यससँगै राजेशका आफन्तबिच रुवाबासी चल्यो । चिकित्सकहरू आफ्नो नियमित काममा व्यस्त थिए । यत्तिकैमा राजेशको शरीरमा हलचल भयो ।
मनिटरमा उनको मुटुको धडकन फेरि चलेको सङ्केत देखियो । त्यस लगत्तै चिकित्सकले उनलाई आईसीयूमा राखेर उपचार गर्न थाले । बिस्तारै उनको धडकन सामान्य हुँदै गएको थियो ।
सो अस्पतालका मुख्य चिकित्सा अधिकारी डा. उमेश चौधरीले आफ्नो ३० वर्ष लामो करिअरमा यस प्रकारको घटना पहिलो पटक सामना गरेको बताए । अस्पताल प्रशासनका अनुसार राजेशको अवस्था स्थिर छ । यद्यपि उनलाई अस्पतालमै २४ घण्टाका लागि निगरानीमा राखिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण