युभेन्टसद्वारा प्रशिक्षक टुडोर बर्खास्त
सारांश
- युभेन्टसले प्रशिक्षक इगोर टुडोरलाई बर्खास्त गरेको छ।
- लाजियोसँगको हारपछि टुडोरलाई हटाइएको हो, जसले गर्दा क्लब सिरी 'ए' तालिकाको आठौँ स्थानमा पुगेको छ।
- मासिमिलियानो ब्राम्बिलाले उडिनेजेविरुद्धको खेलका लागि टोलीको जिम्मेवारी सम्हाल्नेछन्।
ट्युरिन। इटालियन क्लब युभेन्टसले प्रशिक्षक इगोर टुडोरलाई बर्खास्त गरेको छ। लाजियोसँगको हारपछि क्लबले क्रोएसियाली प्रशिक्षकलाई हटाएको हो।
गत मार्चमा थियागो मोट्टाको स्थानमा युभेन्टस आएका ४३ वर्षीय टुडोरको नेतृत्वमा टोलीले लगातार आठ खेलमा जित हासिल गर्न सकेन, जसकारण क्लब सिरी ‘ए’ तालिकाको आठौँ स्थानमा पुगेको छ। आइतबार लाजियोसँगको हार सबै प्रतियोगितामा क्लबको लगातार तेस्रो हार थियो।
युभेन्टसले एक विज्ञप्ति जारी गर्दै भन्यो, ‘क्लब इगोर टुडोर र उनका सम्पूर्ण स्टाफलाई पछिल्ला केही महिनाहरूमा देखाएको व्यावसायिकता र समर्पणका लागि धन्यवाद दिन्छ र उनीहरूको भविष्यको करियरका लागि शुभकामना व्यक्त गर्दछ।’
युभेन्टसले थप जानकारी दिँदै लिग अन्तर्गत बुधबार हुने उडिनेजेविरुद्धको खेलका लागि मासिमिलियानो ब्राम्बिलाले टोलीको जिम्मेवारी सम्हाल्ने बताएको छ।
शीर्षस्थानमा रहेको नापोलीभन्दा युभेन्टस ६ अंकले पछि छ। टोलीले लिगका पछिल्ला पाँच खेलमा जित निकाल्न सकेको छैन। च्याम्पियन्स लिग समूह चरणको तालिकामा पनि युभेन्टस २५ औँ स्थानमा सीमित छ। टोलीले सुरुवाती तीन खेलमध्ये एक हार र दुई बराबरी खेलेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण