दक्षिण एसियाली एथलेटिक्स च्याम्पियनसिपमा तेस्रो भयो नेपाल
मङ्गलबार, ११ कात्तिक २०८२, १४ : ३४
सारांश
- नेपालले चौथो दक्षिण एसियाली एथलेटिक्स च्याम्पियनशिपमा २ रजत र ४ कांस्य पदक जित्यो।
- सोम बहादुर कुमाल र राजन रोकायाले रजत पदक जिते भने सन्तोषी श्रेष्ठले दुई कांस्य पदक जितिन्।
- मुकेश बहादुर पाल र ४x४०० मिटर मिक्स रिले टोलीले पनि कांस्य पदक जितेर नेपाललाई तेस्रो स्थान दिलाए।
काठमाडौँ । नेपालले चौथो दक्षिण एसियाली एथलेटिक्स च्याम्पियनशिप २०२५ मा उत्कृष्ट प्रदर्शन गरेको छ। अक्टोबर २४ देखि २६ सम्म भारतको झारखण्डमा भएको प्रतियोगितामा नेपालले २ रजत र ४ कांस्य पदक जित्दै तेस्रो स्थान हासिल गरेको हो।
सोम बहादुर कुमालले ८०० मिटर दौडमा १:५२.०३ समयका साथ रजत पदक जिते। राजन रोकायाले १०,००० मिटर दौडमा ३०:३९.१५ समयका साथ रजत पदक जिते।
महिलातर्फ सन्तोषी श्रेष्ठले ५,००० मिटर (१६:३६.६१) र १०,००० मिटर (३४:४७.७७) दुबैमा राष्ट्रिय कीर्तिमानसहित दोहोरो कांस्य पदक जितिन्।
पुरुषतर्फ मुकेश बहादुर पालले ५,००० मिटर दौडमा १४:२५.५४ समयका साथ कांस्य पदक जिते। रमिता कुमारी थारु, जयरानी थारु, सोम बहादुर कुमाल र राम प्रसाद थारुको टोलीले ४x४०० मिटर मिक्स रिलेमा ३:३७.१६ समयका साथ कांस्य पदक जिते।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण