जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
बुधबार, १२ कात्तिक २०८२, ११ : ११
सारांश
- बर्दियाको बारबर्दिया नगरपालिका-३ मा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।
- प्रहरीले उनीहरूलाई बाख्राको खोरबाट नगद ४७ हजार ४ सय ८० रुपैयाँ र ७ बुक ताससहित पक्राउ गरेको हो।
- पक्राउ पर्नेमा ३५ वर्षीय कालुराम थारुसहित अन्य व्यक्तिहरू छन्, र प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
बर्दिया । जिल्लामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका–३ बेल्बज्जास्थित बाख्राको खोरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय कालुराम थारुसहित ६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ४ सय ८० रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण