झनै शक्तिशाली भएर क्युबातिर लाग्यो मेलिसा समुद्री आँधी
सारांश
- समुद्री आँधी मेलिसा जमैकाबाट क्युबातिर बढिरहेको छ, जसले पूर्वी क्युबा र पश्चिमी हैटीमा प्रभाव पार्दैछ।
- मेलिसा १७४ वर्षयता जमैकामा आएको सबैभन्दा शक्तिशाली आँधी हो, जुन श्रेणी ४ मा परिणत भएको छ।
- क्युबामा ठूलो संख्यामा मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ र आँधीका कारण जमिनमा पुग्नुअघि नै जमैकामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ।
मेलिसा । समुद्री आँधी मेलिसा जमैकाबाट अब क्युबातिर बढिरहेको छ । प्रतिघन्टा १३० माइलको गतिले अघि सरिरहेको आँधी उत्तरतिर बढिरहेको अनि यसको प्रभाव पूर्वी क्युबा र पश्चिमी हैटीमा देखिन थालिसकेको बताइएको छ ।
मेलिसालाई १७४ वर्षयता जमैकामा आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ । आँधी अब फेरि बलियो भएको छ । यो श्रेणी ४ को आँधीमा परिणत भएको अनि यो अति नै खतरनाक रहेको अमेरिकाको नेशनल हरिकेन सेन्टरले जारी गरेको एड्भाइजरीमा भनिएको छ ।
आगामी केही घण्टामै यो अति नै खतरनाक समुद्री आँधी बनेर क्युबालाई प्रभावित पार्ने सेन्टरले भनेको छ । आँधीका कारण पूर्वी क्षेत्रमा १० देखि इन्चसम्मको वर्षा हुने अनुमान गरिएको छ ।
केही पहाडी क्षेत्रमा वर्षा २५ इन्चसम्म हुन सक्ने बताइएको छ । क्युबामा ठुलो सङ्ख्यामा मानिसहरूलाई सुरक्षित स्थानहरूमा सारिएको छ । आँधी जमिनसम्म पुग्नुअघि नै जमैकामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण