माधव नेपालको आह्वान : प्राप्त अवसरलाई सदुपयोग गर्दै निर्वाचनमा होमिनुहोस्
बुधबार, १२ कात्तिक २०८२, १३ : ५४
सारांश
- माधवकुमार नेपालले जेनजी विद्रोहपछिको अवसर सदुपयोग गरी निर्वाचनमा होमिन आह्वान गरे।
- उनले फागुन २१ मा हुने निर्वाचनमा सहभागी हुन आग्रह गर्दै अन्तरिम सरकारको सन्दर्भमा धारणा राखे।
- उनले निरंकुशता परास्त गर्न दलहरूबीच सहकार्यको आवश्यकता औंल्याए।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेनजी विद्रोहपछि बढो जुक्तिले प्राप्त अवसरलाई सदुपयोग गरी निर्वाचनमा होमिन आह्वान गरेका छन् ।
बुधवार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले अन्तरिम सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनमा सहभागी हुन आग्रह गरेका हुन् ।
‘बढो जुक्तिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्दै फागुन २१ मा हुने निर्वाचनमा सहभागी हुन म आह्वान गर्छु । अन्तरिम सरकार गठन गर्न ओलीले सिफारिस गरेको राष्ट्रपतिले जानकारी गराएका थिए । त्यसैले म संलग्न छैन । मैले बनाएको होइन भन्नुको कुनै अर्थ छैन’, उनले भने ।
बैठकलाई सम्बोधन गर्ने क्रममा उनले निरंकुशतालाई परास्त गर्न एक दलले मात्र सम्भव नभएकाले कोसँग हातेमालो गर्ने हो त्यसमा विचार गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण