ओलीप्रति माधवको आक्रोश : जति गरे पनि सुधार्न सकिएन
सारांश
- माधवकुमार नेपालले केपी ओलीलाई धेरै प्रयास गर्दा पनि सुधार्न नसकेको बताए।
- उनले प्रचण्डसँग भन्दा ओलीसंग पुरानो सम्बन्ध भएपनि ओलीलाई सुधार्न नसकेको बताए।
- नेपालले पार्टीभित्र दुई अतिवादी सोच बढ्दै गएकोमा चिन्ता व्यक्त गरे।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूले धेरै प्रयत्न गर्दा समेत केपी ओलीलाई सुधार्न नसकेको बताएका छन् । बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले ढिलै भए पनि सुध्रिन ओलीलाई शुभकामना दिए ।
नेपालले प्रचण्डसँग भन्दा ओलीसँग धेरै अगाडिदेखि सम्बन्ध भए पनि ओलीलाई सुधार्न नसकेको बताए । उनले भने– ‘प्रचण्डसँग २०४२ सालदेखि मेरो सम्बन्ध छ । केपी ओलीसँग २०२९ सालदेखि सम्बन्ध छ । तर ओलीलाई सुधार्न सकिएन । उहाँको मति सप्रियोस् । रत्नाकर डाँकु पनि बदलिएर वाल्मीकि ऋषि बनेका थिए । उहाँलाई सुधार्न यो धर्तीमा कुनै व्यक्ति जन्मिएका छन् भने मेरो शुभकामना छ ।’
नेपालले पार्टीभित्र दुई अतिवादी सोच छ हुर्किँदै गएकोमा चिन्ता व्यक्त गरे । एउटा समस्यै नदेख्ने अर्को समस्यै समस्या छ भनेर निराशा मात्र व्यक्त गर्ने अतिवादी सोच रहेको हाबी भएकोमा उनले असन्तुष्टि पोखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण