बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इंग्ल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक महिला एकदिवसीय विश्वकपको फाइनलमा

बुधबार, १२ कात्तिक २०८२, २२ : ०६
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • दक्षिण अफ्रिकी महिला क्रिकेट टोली पहिलो पटक एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
  • सेमिफाइनलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १२५ रनले पराजित गर्दै अघिल्लो हारको बदला लियो।
  • कप्तान लौरा वोलवार्टले १६९ रन बनाइन् भने मारीजान क्यापले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिइन्।

काठमाडौँ । दक्षिण अफ्रिकी महिला क्रिकेट टोली पहिलो पटक एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

टोलीले सेमिफाइनलमा इंग्ल्यान्डलाई १२५ रनले पराजित गरेको हो । यो जितसँगै दक्षिण अफ्रिकाले इंग्ल्यान्डसँगको अघिल्लो हारको बदला पनि लिएको छ । 

गुवाहाटीको बरसापारा स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले टस जितेर बलिङ रोजेको थियो । दक्षिण अफ्रिकाले कप्तान लौरा वोलवार्टको शानदार १६९ रनको मद्दतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३१९ रनको विशाल योगफल बनाएको थियो । 

३२० रनको विशाल लक्ष्य पछ्याएको इंग्लिस टोली बुधबार ४२ दशमलव ३ ओभरमा १९४ रनमा अलआउट भयो । इंग्ल्यान्डका लागि कप्तान नेट सिभर ब्रन्टले सर्वाधिक ६४ रन बनाइन् भने एलिस क्याप्सीले ५० रन जोडिन् । दक्षिण अफ्रिकाका लागि मारीजान क्यापले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएकी थिइन् । लौरा वोलवार्ट प्लेयर अफ द म्याच घोषित भइन् । 

यसै प्रतियोगिताको पहिलो खेलमा दक्षिण अफ्रिका इंग्ल्यान्डविरुद्ध ६९ रनमा अलआउट भएको थियो । साथै अघिल्ला दुई विश्वकपको सेमिफाइनलमा पनि इंग्ल्यान्डले नै दक्षिण अफ्रिकालाई बाहिर निकालेको थियो।

अब भारत र अस्ट्रेलियाबिच हुने दोस्रो सेमिफाइनलको विजेता टोलीसँग दक्षिण अफ्रिकाले उपाधिका लागि भिडन्त गर्ने छ । 

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप