अनुमानित समयअगावै सकियो ट्रम्प-सी भेटवार्ता
सारांश
- राष्ट्रपति सी जिनपिङ र डोनाल्ड ट्रम्पबीचको भेटवार्ता बुसानमा १ घण्टा ४० मिनेटमा सकियो।
- भेट एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनको साइडलाइनमा भएको थियो।
- बैठकमा दुवै पक्षबाट सात-सात जना सहभागी थिए, जसमा व्यापार सम्झौताको मुद्दामा छलफल भयो।
बुसान । राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति डोनाल्ड ट्रम्प बिचको भेटवार्ता करिब एक घण्टा ४० मिनेटमा समाप्त भएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएअनुसार दक्षिण कोरियाको बुसानस्थित भेटघाट स्थलबाट दुवै नेता बाहिर निस्केर आ-आफ्नो लिमोजिनमा चढ्दै गरेको देखिएका थिए।
यसअघि ट्रम्पले यो बैठक चार घण्टासम्म चल्न सक्ने बताएका थिए, तर यो अनुमानित समयभन्दा निकै अगाडि नै समाप्त भयो। यो भेट एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनको साइडलाइनमा भएको हो, जहाँ दुई नेताले मुख्यतया व्यापार सम्झौताको मुद्दामा छलफल गर्ने बताइको थियो ।
बैठकमा दुवै पक्षबाट सात-सात जना सहभागी थिए । अमेरिकाको तर्फबाट ट्रम्पसँगै विदेश मन्त्री मार्को रुबियो, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीर, ट्रेजरी सचिव स्कट बेस्सेन्ट, वाणिज्य सचिव होवार्ड लट्नक, चीफ अफ स्टाफ सुसी वाइल्स र चीनका लागि अमेरिकी राजदूत डेविड पर्ड्यू रहेका छन्।
चीनको तर्फबाट सीसँगै चीफ अफ स्टाफ काई क्यूई, विदेश मन्त्री वाङ यी, उप-विदेश मन्त्री मा झाओक्सु, उप-प्रधानमन्त्री हे लिफेङ, वाणिज्य मन्त्री वाङ वेनताओ र राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष झेङ शानजी रहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण