लुभ्रेमा लुटपाटका सन्दिग्धले स्वीकारे आंशिक संलग्नता
सारांश
- लुभ्रे संग्रहालयमा लुटपाटमा संलग्न दुई व्यक्तिले आंशिक संलग्नता स्वीकारेका छन्।
- चोरी भएको सामानको मूल्य ८ करोड ८० लाख यूरो अनुमान गरिएको छ, तर अहिलेसम्म बरामद भएको छैन।
- अनुसन्धानमा उनीहरूको आपराधिक पृष्ठभूमि र डीएनएमार्फत पहिचान खुलेको छ, जसमा एक फ्रान्सबाट अल्जेरिया उड्ने क्रममा पक्राउ परेका थिए।
पेरिस । फ्रान्सको चर्चित संग्राहलय लुभ्रेमा लुटपाटमा संलग्न भएको आशङ्कामा पक्राउ परेका दुई व्यक्तिले यस घटनामा आफ्नो आंशिक संलग्नता स्वीकार गरेका छन् । अधिकारीहरूका अनुसार सन्दिग्धहरूले क्रेन प्रयोग गरेर संग्राहलयको अपोलन ग्यारीमा छिरेर बहुमूल्य गरगहनालगायतका सामान चोरेका थिए ।
चोरी भएको सामानको मूल्य ८ करोड ८० लाख यूरो आसपास रहेको अनुमान गरिएको छ । लुभ्रे विश्वमा सबैभन्दा धेरै आगान्तुक आउने संग्राहलय मध्ये एक हो । अक्टोबर १९ मा चार जना मान्छे छिरेर यहाँ दिनदहाडै लुटपाट गरेका थिए ।
अहिलेसम्म चोरी भएका गर–गहना बरामद नभएको पेरिसका अभियोजक लोआ बेकाउ बेक्कोले भनिन् । सीसीटीभीमा चार जना देखिएका थिए । चोरीको घटनामा संग्राहलयका कर्मचारीको संलग्नता भेटिने कुनै पनि प्रमाण फेला नपरेको बताइएको छ । तर यस घटनामा अरु मानिस पनि संलग्न भएको हुन सक्ने बेकाउले बताइन् ।
सन्दिग्ध दुवैको उमेर ३० वर्ष उमेर समूहको छ । यी दुवैको आपराधिक पृष्ठभूमि भएको अनि अनुसन्धानको क्रममा घटनास्थलको क्रममा फेला परेको डीएनएमार्फत उनीहरूको पहिचान खुलेको बताइएको छ । एक जना फ्रान्स छाडेर अल्जेरिया उड्ने क्रममा समातिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण