घुससहित पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सारांश
- अख्तियारले दैलेखका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- कार्कीले सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानीका लागि सेवाग्राहीसँग १ लाख घुस लिएका थिए।
- अख्तियारले कार्कीलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरी मुद्दा दायर गरेको हो।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका दैलेखका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार जिल्लाsJ डुङ्गेश्वर गाउँपालिकामा कार्यरत सातौँ तहका वरिष्ठ लेखा अधिकृत कार्कीले सडक स्तरोन्नति तथा निर्माण योजना सम्पन्न भएपछि अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग रु. १ लाख घुस मागी लिएको अवस्थामा पक्राउ परेका थिए।
टंगालस्थित अख्तियार मुख्यालय र सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा कार्कीले डुङ्गेश्वर गाउँपालिकाका वडा नं. १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक–देउली–जडी सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गर्ने बहानामा घुस मागी लिएको प्रमाणित भएको आयोगले जनाएको छ।
सोही आधारमा आयोगले कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर कायम गरी बिगो रकम रु. १ लाख र सो बराबरको जरिवाना तथा कैद सजायको मागसहित आरोपपत्र दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण