अपडेट
मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक (सूचीसहित)
बिहीबार, १३ कात्तिक २०८२, १६ : २१
सारांश
- मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार सार्वजनिक गरियो, जसमा संघीय संसदका सदस्यहरूको सुविधा हेरफेर हुनेछ।
- मोरक्कोमा हुने कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई सहभागी हुन स्वीकृति दिइयो।
- राष्ट्रिय सभा सदस्यको निर्वाचन र सेनाका अधिकृतहरूको बढुवा गर्ने निर्णयहरू पनि गरिए।
काठमाडौँ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले गरेका निर्णयहरू बिहीबार सार्वजनिक गरिएको छ । सरकारको प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन् ।
सार्वजनिक ११ वटा निर्णयमा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा हेरफेर गर्ने, मोरक्कोमा आयोजना हुने कार्यक्रममा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने उल्लेख छ ।
यस्तै माघ ११ गते राष्ट्रिय सभा सदस्यको रिक्त पदमा निर्वाचन गर्ने, सचिव नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने, सेनाका एक जना प्रमुख सेनानीलाई महासेनानानी र एक जना सहायक रथीलाई उपरथीमा बढुवा गर्नेलगायतका निर्णय भएको खरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण