बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मङ्सिरमा नियमित र विशेषमध्ये कुनै पनि महाधिवेशन हुन सम्भव छैन : बानियाँ

बिहीबार, १३ कात्तिक २०८२, १६ : ४९
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मंसिरमा महाधिवेशन नहुने बताए।
  • उनले विशेष महाधिवेशन तीन महिनाभित्र गर्न नसकिने र नियमित महाधिवेशन पनि सम्भव नभएको उल्लेख गरे।
  • बानियाँले महाधिवेशनबारे परिपक्व निर्णय गर्न र पार्टीभित्रको विवाद समाधान गर्नुपर्ने धारणा राखे।

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आगामी मङ्सिरमा नियमित र विशेषमध्ये कुनै पनि महाधिवेशन हुन सम्भव नभएको बताएका छन् ।  बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका बानियाँले भने– ‘विशेष महाधिवेशनको बहस भइरहेको छ ।

प्रस्ताव दर्ता भएको तीन महिनामा गर्नुपर्ने विशेष महाधिवेशन पनि मङ्सिरभित्र हुने अवस्था देख्दिनँ । क्रियाशील सदस्यताको प्रगति हेर्दा नियमित महाधिवेशन त झन् सम्भव नै छैन ।’

उनले महाधिवेशनबारे परिपक्व निर्णय गर्नुपर्ने बताए । महाधिवेशनबारे कार्यान्वयनको वातावरण नबनाई निर्णय मात्रै गर्दै जाने हो भने कांग्रेस अपरिपक्व पार्टी बन्ने बताए । ‘महाधिवेशन गर्ने निर्णय कार्यान्वयनको वातावरण नबनाई गर्ने हो भने नेपाली कांग्रेस अपरिपक्व पार्टी बन्छ,’ बानियाँले भने ।

उनले महाधिवेशनको विषयमा देखिएको पार्टीभित्रको पछिल्लो विवादलाई दुवै पक्षले जीतको महसुस गर्ने गरी समाधान गर्नुपर्ने बताए । पार्टी आगामी २१ फागुनका लागि तोकिएको निर्वाचनमा जानुपर्ने बानियाँले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप