नेपाल यूएईसँग पराजित
सारांश
- यूएईले नेपाललाई ५ विकेटले पराजित गर्यो, जसमा आयन्स शर्माले ९८ रनको उत्कृष्ट पारी खेले।
- नेपालले पहिले ब्याटिङ गर्दै २३३ रन बनाएको थियो, जसमा कप्तान रोहित पौडेलले १०९ रनको उत्कृष्ट शतक बनाए।
- यस जितसँगै यूएईले लिग-२ मा ८ अंक जोड्यो भने नेपालको १२ अंक रहेको छ।
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत बिहीबार भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई ५ विकेटले पराजित गरेको छ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३ ओभर ३ बलमा ५ विकेट गुमाउँदै २३७ रन बनाएर पूरा गर्यो।
यूएईका लागि आयन्स शर्माले सानदार ब्याटिङ गर्दै ९८ रनको अर्धशतकीय पारी खेले । ९८ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, अलिशान सराफुले ४५ रन बनाउँदा मोहम्मद वसिमले २६ रनको योगदान दिए।
नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए। करण केसी र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट हात पारे।यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो।
नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट शतक प्रहार गरे। उनले १३० बलमा ५ चौका र २ छक्काको मद्दतले १०९ रन बनाए। आसिफ शेखले ४८ बलमा ३५ रन जोड्दा आरिफ शेखले ४२ बलमा २७ रन बनाए। दीपेन्द्र सिंह ऐरीले २३ रन र करण केसीले १३ रनको योगदान गरे।
बलिङतर्फ यूएईका लागि जहिद अलीले सर्वाधिक चार विकेट लिए। जुनइद शिद्धगीले तीन विकेट लिँदा मोहम्मद रोहिद र हैदर अलीले एक–एक विकेट हात पारे।
यो जितसँगै यूएईले लिग–२ मा १८ खेलमा ८ अंक जोडेको छ भने नेपालको १८ खेलबाट १२ अंक रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण