बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आगजनीमा संलग्न एकजना पक्राउ, १६ थान गोली बरामद

बिहीबार, १३ कात्तिक २०८२, २१ : ०२
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • भक्तपुर प्रहरीले एसएलआरको १६ गोलीसहित आगजनी र लुटपाटमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २२ वर्षीय सुमन कार्की रहेका छन्, जो भक्तपुरमा कार्यरत थिए।
  • प्रहरीले कार्कीलाई हिरासतमा लिई थप अनुसन्धान गरिरहेको छ, र जेनजी आन्दोलनका क्रममा फरार १३ कैदीबन्दी पनि पक्राउ परेका छन्।

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड) एसएलआरको गोलीसहित जेनजी आन्दोलनका क्रममा आगजनी तथा लुटपाटमा संलग्न भएको आरोप लागेका एक जनालाई पक्राउ गरेको छ ।
    
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रकाश जवेजुले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई हाल चाँगुनारायण नगरपालिका–८ शङ्कर भट्टामा काम गर्दै आएका २२ वर्षीय सुमन कार्कीलाई पक्राउ गरिएको जानकारी दिए ।  
    
प्रहरीले कार्कीको कोठाबाट १६ थान (जङ्गी राउन्ड) एसएलआरको गोलीसमेत फेला परेको जनकारी दिँदै कार्कीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बताए । 
    
त्यस्तै, भक्तपुर प्रहरी परिसरले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट फरार भएका थप १३ जना कैदीबन्दीलाई पक्राउ गरी सम्बन्धित कारागार पठाएको प्रहरी नायब उपरीक्षक जबेजुले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप