मुस्ताङमा निरन्तर वर्षा, जोमसोम—कोरला सडक अवरुद्ध
सारांश
- मुस्ताङमा मंगलबारको हिमपातपछि बुधबारदेखि निरन्तर वर्षा भइरहेको छ।
- वर्षाका कारण जनजीवन प्रभावित भएको छ भने विद्यालय आउजाउमा विद्यार्थीलाई सास्ती भएको छ।
- जोमसोम-कोरला सडक पहिरोका कारण अवरुद्ध भएको छ, जसले गर्दा सवारी आवागमन ठप्प भएको छ।
मुस्ताङ । मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको छ । जिल्लाको पाँचैवटै स्थानीय तहमा बुधबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ ।
यसअघि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रलगायत स्थानमा भारी हिमपात भएको थियो । तर, तल्लो मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिका उच्चलेकमा हिमपात भए पनि बस्तीमा हिमपात भएको थिएन । यो वर्ष यहाँ कात्तिकमा नै हिमपात भएको छ ।
निरन्तर वर्षा भइरहेकाले जनजीवन प्रभावित भएको छ । पढ्ने बालबालिकालाई सास्ती भएको छ । धेरैजसो विद्यार्थी घरबाटै विद्यालय आउजाउ गर्ने भएकाले वर्षाले असर पु¥याएको धौलागिरि आवासीय माध्यमिक विद्यालयका शिक्षक आदित्यचन्द्र थकालीले जानकारी दिए । वर्षा भइरहे पनि सबै विद्यालयमा पठनपाठन भने भइरहेको छ ।
मुक्तिनाथ क्षेत्रमा निरन्तर वर्षा भइरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रबिन सुवेदीले जानकारी दिए ।
कर्मचारी सुवेदीले हिमपात र वर्षा भइरहे पनि भक्तजनका लागि मुक्तिनाथ मन्दिर खुल्लै रहेको बताए ।
यसैबीच वर्षाका कारण राष्ट्रिय गौरवको जोमसोम—कोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ । जोमसोम–कागबेनी र कागबेनी–जोमसोम सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
बुधबार साँझ जोमसोम–कागबेनी सडक खण्डअन्तर्गत यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित एक्लेभट्टी नजिक पहिरो भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। कागबेनी–कोरला सडकखण्डअन्तर्गत वारागुङ मुक्तिक्षेत्र–३ ताङ्वे सडकमा पनि पहिरो गएको छ । पहिरोले सवारी आवागमन ठप्प भएको छ ।
मनसुन सक्रिय भई हिमपात र वर्षाको जोखिम कायमै रहेकाले रातिको समयमा यात्रा नगर्न समेत स्थानीय प्रशासनले अनुरोध गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण