जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी तीव्र
सारांश
- जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी औपचारिक रूपमा सुरु भएको छ, जसले यस वर्षको महोत्सवलाई भव्य बनाउने निर्णय गरेको छ।
- जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले सबै सरोकारवालालाई सक्रिय सहभागिता जनाउन आग्रह गर्दै सरसफाइ र आतिथ्यमा ध्यान दिन आह्वान गरे।
- महोत्सव कार्यक्रमअनुसार मङ्सिर ४ गते नगरदर्शन, ५ गते फूलबारी लिला, ९ गते विवाह महोत्सव र १० गते रामकलेवा सम्पन्न हुनेछ।
जनकपुरधाम । जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तयारी औपचारिक रूपमा सुरु गरिएको छ ।
बिहीबार जानकी मन्दिर परिसरमा सम्पन्न सर्वपक्षीय बैठकले यस वर्षको महोत्सवलाई अझ भव्य र व्यवस्थित बनाउने निर्णय गरेको छ ।
बैठकमा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले आगामी मङ्सिर ९ गते मनाइने विवाहपञ्चमी महोत्सवको तयारीमा सबै सरोकारवालालाई सक्रिय सहभागिता जनाउन आग्रह गरे । उनले देश–विदेशका हजारौँ श्रद्धालु जनकपुरधाम आउने भएकाले नगरवासीलाई सरसफाइ र आतिथ्यमा विशेष ध्यान दिन आह्वान गरे ।
यस वर्षको महोत्सव तयारीका लागि शान्ति सुरक्षा, प्रचार–प्रसार, बजार व्यवस्थापन, रंगभूमी गेट–पण्डाल, यातायात, ट्राफिक र स्वास्थ्य उपसमितिसहित विभिन्न उपसमिति गठन गरिएको जानकारी महन्थ दासले दिए ।
त्यसैगरी जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले विवाहपञ्चमीलाई सभ्य, भव्य र व्यवस्थित बनाउन सबै जनकपुरवासीलाई आ–आफ्नो तर्फबाट सहयोग र योगदान गर्न अनुरोध गरे ।
बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवर, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल प्रसाद साह, उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर शाही, नेपाल विद्युत् प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख सुनिल कुमार महतो, एनप्याब्सनका नगर अध्यक्ष दिपक कुमार ठाकुर, गौ संरक्षण मञ्चका अध्यक्ष जगदिश महासेठ लगायतको उपस्थिति रहेको थियो ।
यस वर्षको विवाहपञ्चमी महोत्सव कार्यक्रमअनुसार मङ्सिर ४ गते नगरदर्शन, ५ गते फूलबारी लिला, ६ गते धनुष यज्ञ, ७ गते तिलकोत्सव, ८ गते मटकोर, ९ गते सिताराम स्वयंवर तथा विवाह महोत्सव र १० गते रामकलेवा सम्पन्न गरी विवाहपञ्चमीको औपचारिक समापन गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण