महाधिवेशन र जनपरिचालनको कार्यतालिका बनाउँदै एमाले
सारांश
- एमालेको सचिवालय बैठक शनिबार भक्तपुरमा बस्दैछ।
- बैठकमा महाधिवेशनको कार्यतालिका सार्वजनिक र जनपरिचालन गर्ने निर्णय हुनेछ।
- महाधिवेशनका लागि सदस्यता र प्रतिनिधि चयनबारे छलफल हुनेछ।
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक शनिबार बिहान बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुरको गुण्डुमा बस्ने बैठकमा विशेषगरी २ विषयमा छलफल गर्ने नेताहरूले बताएका छन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सचिवालय बैठकका मुख्यगरी दुईवटामात्र एजेण्डा रहेको बताए । उनका अनुसार आगामी मंसिर २७,२८ र २९ गते पोखरामा हुनेगरी तोकिएको ११ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक र विघटित प्रतिनिधि सभा पुनर्स्थापनाका लागि जनपरिचालन गर्ने निर्णय बैठकले गर्नेछ ।
एमाले नेताहरूका महाधिवेशनका लागि सदस्यताको निर्क्योल, महाधिवेशन प्रतिनिधि चयनको विधि र मापदण्ड निर्धारण गर्नुका साथै विभिन्न समिति उपसमितिहरूको गठन सचिवालय बैठकले गर्नेछ ।
२०७८ साल मंसिरमा चितवनको सौराहामा एमालेले १० औँ राष्ट्रिय महाधिवेशन गरेको थियो । प्रत्येक पाँच वर्षमा गर्नुपर्ने महाधिवेशन एमालेले यस पटक झन्डै एक वर्ष पहिला नै गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण