केन्द्रीय समिति बैठकअघि कांग्रेस पदाधिकारी बैठक सानेपामा
सारांश
- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति बैठक रोकेर पदाधिकारी बैठक बोलाए।
- पार्टीको १५औं महाधिवेशनको कार्यतालिकाबारे विवाद भएपछि सहमति जुटाउन छलफल भइरहेको छ।
- महामन्त्री गगन थापाले बैठक बहिस्कार गरेपछि इतर समूहका नेताहरूसँग छलफल गरेका थिए।
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति बैठक रोकेर शुक्रबार पदाधिकारीहरूको बैठक गरिरहेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा इतर समूहका नेता डा. शेखर कोइरालासहितको पदाधिकारी बैठक जारी छ ।
बैठकमा पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकाका विषयमा विवाद भएपछि कार्यवाहक सभापति खड्काले सहमति जुटाउने प्रयासस्वरुप पदाधिकारीहरूसँग छलफल गरिरहेका हुन् ।
बिहीबारको बैठकमा आगामी मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने अनुमति नपाएपछि महामन्त्री गगन थापाले बैठक बहिस्कार गरेका थिए ।
त्यसबारे थापाले शुक्रबार बिहान इतर समूहका नेता डा. कोइरालासँग छलफल गरेका थिए । त्यसपछि महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मासँग कार्यवाहक सभापति खड्काले आफ्नै निवास गोल्फुटारमा छलफल गरेका थिए ।
अहिले केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बसिरहेको र केन्द्रीय समिति बैठक सुरु नभएको केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए ।
महामन्त्रीद्वयसँगको छलफलमा कार्यवाहक सभापति खड्काले महाधिवेशनको कार्यतालिकाबारे पदाधिकारी बैठकमा छलफल गरेर सहमतिका आधारमा अगाडि बढ्ने बताएका थिए । त्यही प्रयासस्वरुप अहिले बैठक बसिरहेको हो ।
कांग्रेसमा महामन्त्रीद्वय थापा र शर्मा तथा इतर समूहले मंसिरमा १५ औँ महाधिवेशन हुनुपर्ने बताइरहेको छ ।
संस्थापन समूहले भने आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने बताइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण