भक्तपुरमा एक महिनामा तीन हजार ४४८ मतदाता थपिए
सारांश
- भक्तपुर जिल्ला निर्वाचन कार्यालयमा एक महिनामा ३,४४८ मतदाता थपिएका छन्।
- प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली दर्ता गर्ने युवापुस्ताको संख्या बढेको छ।
- कार्यालयका अनुसार, १८ देखि २५ वर्ष उमेर समूहका दैनिक २ सय ५० देखि ३ सय जनाले नाम दर्ता गराइरहेका छन्।
भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा एक महिनामा तीन हजार ४४८ मतदाता थपिएका छन् । सरकारले आगामी फागुन २१ गते घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली दर्ताको आह्वान गरेपछि जिल्लामा मतदाता नामावली दर्ता गर्ने युवापुस्ता बढेका हुन् ।
निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष उमेर पुगेका नेपाली नागरिकता प्राप्त व्यक्तिलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि अहिले १८ वर्षदेखि २५ वर्ष उमेर समूहका दैनिक दुई सय ५० देखि तीन सय जनासम्म नाम दर्ता गराउन आउने गरेका कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले असोज १० गतेदेखि सुरु भएको नयाँ मतदाता नामावली सङ्कलनमा आजसम्म तीन हजार ४४८ जनाले नाम दर्ता गराएका जानकारी दिए । उनका अनुसार जिल्लाभित्रका पुरुष एक हजार १३ र महिला नौ सय ५४ तथा बाह्य जिल्लाबाट बसाइँ सरी आएका एक हजार ४८१ जनाले मतादाता नामावलीमा नाम दर्ता गराएका छन् ।
सूचना अधिकारी बिसीले भक्तपुरमा अहिलेसम्म कुल एक लाख ९३ हजार ४८२ जना मतदाता कायम रहेका जानकारी दिए । उनले सरकारले नयाँ नामावली दर्तासँगै सच्याउने, दोहोरो नाम हटाउने, ठाउँसारी गर्नेलगायत कार्यका लागि यही कात्तिक ३० गतेसम्मको समयसीमा निर्धारण गरेकाले अझै मतदाताको सङ्ख्या वृद्धि हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण