अनलाइन सञ्चारमाध्यम दर्तामा शुल्क तोकिएकोप्रति प्रेस सेन्टर नेपालको आपत्ति
सारांश
- प्रेस सेन्टर नेपालले अनलाइन सञ्चारमाध्यम दर्ता शुल्कको विरोध गरेको छ।
- सरकारले अनलाइन दर्ताका लागि ५ हजार र नवीकरणका लागि २,५०० रुपैयाँ शुल्क तोकेकोमा सेन्टरको आपत्ति छ।
- सेन्टरले प्रदेश र स्थानीय तहमा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको व्यवस्था गर्नुपर्ने माग गरेको छ।
काठमाडौँ । अनलाइन सञ्चारमाध्यम दर्तामा शुल्क तोकिएको प्रति प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै प्रेस सेन्टरले सरकारको यो कदमको विरोध गरेको हो ।
'नेपाल सरकारले छापाखाना र प्रकाशन सम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०८२ जारी गरी अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरणसम्बन्धी गरेको कतिपय प्रावधानप्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । निःशुल्क रूपमा हुँदै आएको अनलाइन सञ्चारमाध्यम दर्ताका लागि राखिएको पाँच हजार र नवीकरणका लागि राखिएको दुई हजार पाँच सय रुपैयाँ शुल्कको प्रेस सेन्टर नेपाल विरोध गर्दछ । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण यसअघि झैँ निःशुल्क हुनुपर्दछ' विज्ञप्तिमा भनिएको छ ।
प्रदेश कानुनबमोजिम प्रदेशमै हुने दर्ता तथा नवीकरणलाई निरन्तरता दिँदै, सङ्घीयताको मर्मअनुसार स्थानीय तहमै अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण गर्ने व्यवस्था हुनुपर्नेमा पनि प्रेस सेन्टरले जोड दिएको छ।
अनलाइन सञ्चारमाध्यम सञ्चालनका लागि स्थापना गरिएका कम्पनी, संस्था, फर्मले सरकारकै विभिन्न निकायमा राजश्व तिर्दै नवीकरण गर्नुपर्ने, अनलाइन दर्ता तथा नवीकरणका लागि सूचना विभाग पुग्नुपर्ने, अनुगमनका लागि समेत सूचीकृत हुनुपर्ने लामो, झन्झटिलो तथा खर्चिलो प्रक्रियालाई सरल र सहज बनाइनुपर्ने प्रेस सेन्टरको माग रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण