मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

कराते स्टार एरिका सम्मानित

शनिबार, १५ कात्तिक २०८२, १७ : १६
शनिबार, १५ कात्तिक २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ शनिबार सम्मानित भएकी छन् ।

क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले एरिकालाई सम्मान गरेका हुन् । 

मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा स्वर्ण पदक जितेकोमा हौसला स्वरुप एरिकालाई नगद ५० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरिएको हो । एरिका डब्लुकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । मनमैजुमा भएको कार्यक्रममा मनमैजु डोजोका अध्यक्ष तथा संयोजक विकास राजबाहकलगायतको उपस्थिति थियो । 

एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराते च्याम्पियनसिपमा समेत खेल्दै छिन् । एरिकाले विश्वविद्यालय कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् । उनीसँगै एकल कातामा सानुमाया थिङ पनि विश्व च्याम्पियनसिपमा सहभागी हुँदै छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप