शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पार्टी पुनर्गठन र ध्रुवीकरणका लागि संवाद गर्न घनश्यामलाई जिम्मा

शनिबार, १५ कात्तिक २०८२, २० : ०९
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • झलनाथ खनाल र घनश्याम भुसाल पक्षले माओवादी केन्द्रसँगको एकताको विपक्षमा पुनर्गठन र ध्रुवीकरणका लागि संवाद गर्ने जिम्मा घनश्याम भुसाललाई दिएको छ।
  • सुकेधारामा भएको भेलाले भुसाललाई गहिरो संवादको जिम्मेवारी दिएको छ, जसमा १०७ जना सहभागी थिए र ७३ जनाले धारणा राखेका थिए।
  • यो समूह पार्टी पुनर्गठन र ध्रुवीकरणको पक्षमा छ, तर प्रधानमन्त्री भइसकेका नेताहरू कार्यकारी भूमिकाबाट बिदा हुनुपर्ने उनीहरूको धारणा छ।

काठमाडौँ। माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयको विपक्षमा उभिएको झलनाथ खनाल र घनश्याम भुसाल पक्षले पार्टीभित्र र बाहिरका शक्तिसँग पुनर्गठन र ध्रुवीकरणका लागि संवाद गर्न घनश्याम भुसाललाई जिम्मा दिएको छ । 

शनिबार काठमाडौँको सुकेधारामा करिब ७ घण्टा लामो बसेको असन्तुष्ट (खनाल र भुसाल) समूहको भेलाले महासचिव भुसाललाई गहिरो संवाद गर्न जिम्मा दिएको नेता अशेष घिमिरेले जानकारी दिए । 

शुक्रबार सकिएको एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीलगायत दलसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो । त्यसप्रति असन्तुष्टि जनाउदै खनाल–भुसाल समूहले शनिबार आफूपक्षीय नेताहरूको भेला डाकेका थिए । उक्त भेलामा १०७ जना सहभागी थिए, जसमध्ये ७३ जनाले धारणा राखेका थिए । 

भेलाले अगामी कार्ययोजनाका लागि थप छलफल गर्दै जाने निर्णय पनि गरेको नेताहरूले बताएका छन् । यो समूहमा रहेका नेता कार्यकर्ताहरू पार्टी पुनर्गठन र ध्रुवीकरणको पक्षमा रहे पनि प्रधानमन्त्री भइसकेका नेता कार्यकारी भूमिकाबाट बिदा लिनुपर्ने पक्षमा छन् । 

भेलामा खनाल, भुसाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, उपमहासचिव विजय पौडेल, स्थायी कमिटी सदस्य जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, हरि पराजुली, किसान श्रेष्ठलगायत सहभागी रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप