फ्रेन्च लिग-१
अन्तिम क्षणको गोलमा पीएसजीको रोमाञ्चक जित
शनिबार, १५ कात्तिक २०८२, २३ : ५३
सारांश
- पीएसजीले नाइसलाई १-० ले पराजित गर्दै फ्रेन्च लिग-१ फुटबलमा रोमाञ्चक जित हासिल गर्यो।
- खेलको इन्जुरी समयमा गोनकालो रामोसले निर्णायक गोल गरेर पीएसजीलाई जित दिलाए।
- जितसँगै पीएसजीले लिगको अंक तालिकामा दोस्रो स्थान सुरक्षित गरेको छ, जसमा २४ अंक रहेको छ।
पेरिस । फ्रेन्च लिग-१ फुटबलमा पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले नाइसविरुद्ध अन्तिम क्षणमा गोल गर्दै रोमाञ्चक जित हात पारेको छ। शनिबार राति भएको खेलमा पीएसजीले गोनकालो रामोसको इन्जुरी समयको पाँचौँ मिनेटमा आएको गोलको मद्दतले नाइसलाई १-० ले पराजित गरेको हो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा पनि दुवै टोलीले अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। तर खेलको अन्तिम क्षणमा रामोसले निर्णायक गोल गर्दै घरेलु टोलीलाई तीन अङ्क दिलाए।
यो जितसँगै पीएसजीले लिग–१ को अङ्कतालिकामा दोस्रो स्थान मजबुत पारेको छ। हालसम्म ११ खेल खेलेको पीएसजीले २४ अङ्क जुटाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण