शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

थापाथलीको ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काइने

आइतबार, १६ कात्तिक २०८२, १४ : २६
आइतबार, १६ कात्तिक २०८२

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभागको संरचना तत्काल नभत्काउने भएको छ।

सम्पदा क्षेत्र खाली गराउने अभियान अन्तर्गत महानगर प्रहरी आइतबार बिहानै डोजरसहित प्रभागमा पुगेको थियो। महानगर प्रहरीले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रका अन्य अवैध संरचनाहरू भत्काए पनि ट्राफिक प्रभागको भवन भने नभत्काइने महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले बताए।

प्रहरीहरूलाई बस्न समस्या भएको अवस्थामा प्रभागको पुरानो भवन निर्माण नभएसम्म उक्त संरचना भत्काउन नदिइने उनले जानकारी दिए। वडा अध्यक्ष तण्डुकारले भने, ‘थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग अहिलेलाई नभत्काउन भनेको छु। प्रहरी कमाण्डरले हुन्छ भनेको छ। अहिले प्रहरीलाई बस्न समेत समस्या भएको कारणले पनि तत्काल नभत्काउन भनेको छु।’

महानगरले सम्पदाको जग्गा अतिक्रमण गरेर ट्राफिक बिट खडा गरिएको भन्दै हटाउन खोजेको थियो। यता, ट्राफिक प्रहरीले भने २०३० सालदेखि नै उक्त स्थानमा बिट स्थापना गरी बसेको बताउँदै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप