उदयपुरबाट १ सय ३४ किलोग्राम गाँजा बरामद
आइतबार, १६ कात्तिक २०८२, १४ : ४८
सारांश
- उदयपुर प्रहरीले बेलका नगरपालिकाबाट १ सय ३४ किलोग्राम गाँजा बरामद गरेको छ।
- प्रहरीले कोठु दोभानस्थित सप्तकोशी नदी किनारमा रबर ट्युबमा लुकाइएको गाँजा फेला पारेको हो।
- प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
उदयपुर । प्रहरीले उदयपुरबाट १ सय ३४ किलोग्राम गाँजा बरामद गरेको छ । जिल्लाको बेलका नगरपालिका–८ कोठु दोभानस्थित सप्तकोशी नदी किनारबाट करिब १ सय ३४ किलोग्राम गाँजा आइतबार बिहान प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले २ वटा रबरको ट्युबमा प्लाष्टिकभित्र पोकाे पारी राखिएको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण