जेनजी आन्दोलनकै बेला भागेका लागुऔषधका कैदी फेरि लागुऔषधसहित पक्राउ
सारांश
- सुर्खेत प्रहरीले लागुऔषध र नक्कली चुरोटसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।
- वीरेन्द्रनगरमा ब्राउनसुगरसहित एकजना फरार कैदी र एक युवती पक्राउ परेका छन्।
- राजस्व छली गरी नक्कली चुरोट बेच्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध र नक्कली चुरोटसहित छुट्टाछुट्टै घटनामा ६ जनालाई नियन्त्रणमा लिइएको छ ।
पछिल्लो तीन दिनभित्र यी कारोबारीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले बताए ।
बुढथापाका अनुसार शुक्रबारे वीरेन्द्रनगर नगरपालिका—७ मा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण शाखाको संयुक्त प्रहरी टोली खटिएको थियो । सो क्रममा सोही वडाका ३० वर्षीय नरेन्द्र ठाडालाई शंकास्पद अवस्थामा फेला परे ।
उनको शरीर तथा कोठा खानतलासी गर्दा ५३० मिलिग्राम शुद्ध ब्राउनसुगर बरामद भएको प्रहरी नायव उरीक्षक बुढथापाले बताए ।
ठाडालाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा उनी लागुऔषध मुद्दामै कैद भुक्तान गरिरहेका जगन्नाथ देवल कारागार काठमाडौँबाट गत भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा भागेको कैदी भएको खुलेको छ ।
यस घटनामा सोही वडाकी १९ वर्षीया ललिता तामाङ पनि पक्राउ परेकी छन् ।
सोही दिन राति करिब ८ बजे वीरेन्द्रनगर–११ शुब्वाकुना क्षेत्रमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको कप्र ०२–००१ ज ०७०९ नम्बरको ईभी गाडीलाई रोकी चेकजाँच गर्दा गाडीमा सवार वीरेन्द्रनगर–११ का १८ वर्षीय विशाल ठाडा मगर, १२ का २२ वर्षीय राजु सुनार र वडा नम्बर ७ का १८ वर्षीय रमेश सुनारलाई शंकास्पद अवस्थामा प्रहरीले फेला पारेको थियो ।
उनीहरूको शरीर खानतलासी गर्दा २ ग्राम शुद्ध ब्राउनसुगर बरामद भएको र तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ बुढथापाले जानकारी दिए ।
राजस्व छलीको नक्कली चुरोटसहित १ जना नियन्त्रणमा
यसैगरी शनिबार साँझ वीरेन्द्रनगर नगरपालिका–३ मुलपानी चोकमा राजस्व छलीको नक्कली चुरोट कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३५ वर्षीय जीवन कुमार शाहीलाई नियन्त्रणमा लिएको छ ।
शाहीले सोही स्थानमा सञ्चालन गरेको ‘मेसी स्टोर’ नामक पसलबाट बिल बिजक बिनाको नक्कली खुकुरी चुरोट २५ डण्डा (५०० बट्टा) र खुल्ला ४ बट्टा गरी जम्मा ५०४ बट्टा बरामद भएको छ । शाहीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैविरुद्ध सम्बन्धित ऐनअन्तर्गत मुद्दा दर्ता गरी म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
.
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण