भदौ २४ गते काठमाडौँबाट भागेका कैदी सुर्खेतबाट पक्राउ
आइतबार, १६ कात्तिक २०८२, १५ : १३
सुर्खेत । काठमाडौँको जगन्नाथ देवल कारागारबाट गत भदौ २४ गते फरार भएका एक कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका—२ बस्ने ३६ वर्षीय खडकबहादुर थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनी भदौ २४ गते जेनजी आन्दोलनको क्रममा जगन्नाथ देवल कारागारबाट भागेका थिए ।
फरार भएपछि उनी सुर्खेत जिल्लाको विभिन्न वडाका क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा प्रहरीको खोजी कार्यका क्रममा फेला परेका हुन् ।
थापालाई बैंकिङ कसुर मुद्दामा कैद सजाय तोकिएको थियो । पक्राउपश्चात् उनलाई नियन्त्रणमा लिई थप कारबाही र कैद भुक्तानका लागि कारागार कार्यालय सुर्खेतमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण