निगमको ट्यांकरबाट अवैध तवरले पेट्रोल झिक्ने चालक र पम्प सञ्चालक पक्राउ
काठमाडौँ । बाराको अमलेखगञ्जबाट थानकोट डिपोमा आउँदै गरेको पेट्रोल ट्यांकर प्रहरीले नियन्त्रणमा लिएको छ ।
आयल निगमको थानकोट डिपोमा ल्याउनुपर्ने पेट्रोल अवैध तरिकाले झिकेर पेट्रोल पम्पलाई बेचेको भेटिएपछि चालक र पम्प सञ्चालकलाई प्रहरीले मकवानपुरको मनहरीबाट नियन्त्रणमा लिएको हो ।
ना.४ ख ९३७७ नम्बरको ट्यांकरको चालक र जय शिव शरणम् फ्युल सेन्टरका सञ्चालक सहित ४ जनालाई पक्राउ गरिएको मकवानपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
आइतबार अमलेखगञ्जबाट थानकोट डिपोको लागी हिँडेको ट्यांकरबाट पम्प सञ्चालक र चालक मिलेर मनहरी गाउँपालिका–८ स्थित सो पम्पमा पेट्रोल झिक्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । चालक र पेट्रोल पम्प सञ्चालकले सम्पर्क मिलाएर प्रतिलिटर ६० रुपैयाँमा पेट्रोल किनबेच हुने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आयल निगमको अमलेखगञ्ज डिपोका प्रमुख प्रलेङ्कर आचार्यले सो ट्यांकर थानकोटको लागी लोड भएर गएको हुनाले अन्यत्र तेल झार्न नमिल्ने बताए । उनले भने, ‘प्रहरीको रिपोर्टको आधारमा सो ट्यांकरलाई निश्चित समय तेल बोक्नबाट रोक लगाउँछौँ ।’
पेट्रोल चोरीमा संलग्न चालक र पम्प सञ्चालकलाई जरिवाना गरिने आचार्यले बताए । चालक र पम्प सञ्चालकलाई चोरी मुद्दामा अनुसन्धान गरिने मकवानपुरका एसपी बोहराले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण