मर्मतपछि खुल्यो कागबेनी–कोरला सडक
सारांश
- मुस्ताङको कागबेनी-चैले सडक ३६ घण्टापछि सञ्चालनमा आएको छ।
- वर्षाका कारण सडक भत्किएपछि यातायात अवरुद्ध भएको थियो, जसमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिको संयुक्त पहल थियो।
- अस्थायी रूपमा सडक सञ्चालनमा आएको छ, तर ठूला मालबाहक सवारीका लागि समस्या हुने देखिएको छ।
मुस्ताङ । कोरलानाका जोड्ने कागबेनी–चैले सडक आजदेखि सञ्चालनमा आएको छ । शनिबार बिहानदेखि सडक मर्मत सुरु गरिएकामा कागबेनी–कोरला सीधा यातायात सेवा ३६ घण्टापछि सञ्चालनमा आएको हो ।
जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि तथा कालीगण्डकी करिडोर (बेनी—जोमसोम–कोरला) सडक आयोजनाको संयुक्त पहलमा कागबेनी–कोरला सडक सञ्चालनमा ल्याइएको हो ।
वर्षाका कारण कागबेनी–कोरला खण्डअन्तर्गत कागबेनीदेखि चैलेसम्मको करिब १२ किलोमिटर दूरी सडकको विभिन्न स्थानमा सडक भत्किएको थियो । वर्षाका कारण कोरला सडक पूर्ण रुपमा अवरुद्ध हुँदा सवारीसाधन बारागुङ–३ को छुसाङ र चैलेमा थन्किएका थिए ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षाकर्मी, आयोजनालगायतको सहयोगमा कागबेनी–कोरला सीधा यातायात सेवा सञ्चालनमा ल्याउन सफल भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।
कागबेनीदेखि दुई किलोमिटर उत्तरको कोरला सडकमा साविक सडकको विकल्प तत्कालका लागि करिब १०० मिटर बढी सडक डाइभर्सन निर्माण गरिएको छ । अवरुद्ध चैले सडकको भाँसिएको स्थानमा तत्कालका लागि उपकरण प्रयोग गरी माटो फिलिङ गरेर सडक सञ्चालनमा ल्याइएको बारागुङ–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।
अन्य ससाना स्थानका सडकमा पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइएको हो । कागबेनी–कोरला सडक पूर्ण रुपमा खुलेसँगै कोरलानाका पुगेर फर्किदा बाटोमै थन्किएका झन्डै १०० सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेको इलाका प्रहरी कार्यालय छुसाङले जनाएको छ ।
बारागुङ मुक्तिक्षेत्र–३ का वडाध्यक्ष विनोद गुरुङले कागबेनी–कोरला सडक अस्थायी कामचलाउका रुपमा सञ्चालनमा आएको जानकारी दिए । उनका अनुसार कोरला सडक पूर्ण रुपमा खुलाउन आयोजनाको समन्वयमा चार उपरकण एकैसाथ परिचालन गरिएको थियो ।
अर्का वडाध्यक्ष कर्मा घ्याचो गुरुङले तत्कालका लागि हलुका सवारीसाधन मात्रै आउजाउ गर्नसक्ने बनाइएको ठूलो मालबाहक सवारीसाधनले कोरलानाका आउजाउ गर्न समस्या हुने बताए । जोमसोम—कागबेनी सडक भने मर्मतपछि शनिबारदेखि सञ्चालनमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण