इटालीमा हिमपहिरो, बुबाछोरीसहित पाँच जनाको मृत्यु
सारांश
- इटालीको डोलोमाइटमा हिमपहिरो जाँदा पाँच जर्मन पर्वतारोहीको मृत्यु भयो, जसमा एक १७ वर्षीया किशोरी र उनका बुबा पनि थिए।
- शनिबार ३,५४५ मिटर अग्लो हिमाल आरोहण गर्ने क्रममा हिमपहिरो गएको थियो, जसमा तीन जनाको घटनास्थलमै मृत्यु भयो।
- खराब मौसमका कारण उद्धार कार्यमा ढिलाइ भए पनि, उद्धारकर्मीहरूले आइतबार बुबा र छोरीको शव फेला पारे।
रोम । इटालीको डोलोमाइट पर्वत शृङ्खलाको ओर्टलर आल्प्समा गएको हिमपहिरोमा परी पाँच जना जर्मन पर्वतारोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा एक १७ वर्षीया किशोरी र उनका बुबा पनि रहेका छन्।
शनिबार स्थानीय समयअनुसार बेलुका करिब ४ बजे ३,५४५ मिटर अग्लो सिमा भेर्टाना हिमाल आरोहण गरिरहेका बेला उनीहरूलाई तीव्र गतिको हिमपहिरोले बगाएको थियो। एउटा तीन जनाको समूहलाई हिमपहिरोले पूरै बगाएको र उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो। छुट्टै समूहमा रहेका बुबा र छोरीको शव भने आइतबार फेला परेको हो। तेस्रो समूहका दुई जना पर्वतारोही भने बच्न सफल भएका थिए र उनीहरूले नै उद्धारका लागि खबर गरेका थिए।
सुलडेन पर्वतीय उद्धार सेवाका प्रवक्ता ओलाफ रेन्सट्याडलरले हालैको हिउँको थुप्रो तलको बरफसँग राम्ररी नटाँसिँदा हिमपहिरो गएको हुन सक्ने बताएका छन्। उनले मौसम राम्रो भए पनि पर्वतारोहीहरू किन साँझ ढिलो गरी चढ्दै थिए भन्नेमा आश्चर्य व्यक्त गरेका छन् ।
आइतबार खराब मौसमका कारण हेलिकप्टर उडान हुन नसके पनि, मौसममा सुधार आउनासाथ उद्धारकर्मी र कुकुरको टोलीलाई परिचालन थियो । बिहानसम्म बुबा र छोरीको शव फेला परेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण