मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
सारांश
- उदयपुरमा लागुऔषध मलद्वारमा लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा चौदण्डीगढीका पर्शुराम तिमल्सिना र विवेक राई रहेका छन्, उनीहरूले लागूऔषध फ्रिजिङ गरेका थिए।
- प्रहरीले उनीहरुको साथबाट ३३ एम्पुल लागुऔषध बरामद गरी थप अनुसन्धान गरिरहेको छ।
उदयपुर । प्रतिबन्धित लागुऔषध मलद्वारमा फ्रिजिङ गरेर ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका-७ बस्ने अन्दाजी २४ वर्षीय पर्शुराम तिमल्सिना र वडा नं. ६ बस्ने २३ वर्षीय बिकि भन्ने विवेक राई छन्।
उदयपुरको चौदण्डीगढी नगरपालिका-४, पैतालिस चोकमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले आइतबार साँझ करिब ५ बजेतिर पैदल हिँडिरहेका दुई जनालाई शंका लागेर चेकजाँच गरेको थियो। शंकास्पद लागेपछि उनीहरूलाई नगर अस्पताल चौदण्डीगढीमा लगेर एक्स-रे गर्दा यो रहस्य बाहिर आएको हो। उनीहरूले मलद्वारभित्र लागू औषधका एम्पुलहरू 'फ्रिजिङ' गरेर लुकाएर ल्याउँदै गरेको खुल्यो।
तिमल्सिनाको साथबाट १५ एम्पुल र राईको साथबाट १८ एम्पुल गरी जम्मा ३३ एम्पुल प्रतिबन्धित लागू औषध फेला परेको छ। अस्पतालका डाक्टरहरूले उनीहरूको मलद्वारबाट लागुऔषध सुरक्षित रूपमा निकालेका छन्।
पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण