प्रचण्डसँग कुरा नमिलेपछि पार्टी पुनर्गठनको तयारीमा घनश्याम
सारांश
- प्रचण्ड र घनश्यामबिच पार्टी एकताको बारेमा छलफल भए पनि कुरा मिलेन।
- घनश्यामले पार्टी पुनर्गठनको प्रस्ताव राखे तर प्रचण्डले एकता पछि पुनर्गठनको कुरा गरे।
- प्रचण्डसँग कुरा नमिलेपछि भुसाल पार्टी पुनर्गठनको तयारीमा लागेका छन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालबिच छलफल भएको छ । प्रचण्ड निवासमा सोमबार बिहान भएको छलफलमा एकतामा सहभागी हुनेबारे कुरा नमिलेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार भुसालले पहिला पुनर्गठन गरी एकता गर्ने प्रस्ताव राखेका थिए । तर जवाफमा प्रचण्डले ‘पहिला एकता गरौँ त्यसपछि पुनर्गठन हुँदै जाने’ भनेपछि भुसाल बाहिरिएका थिए ।
‘पार्टी पुनर्गठनका लागि तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने बारे प्रचण्डसँग छलफल भएको थियो । तर उहाँ पुनर्गठनका लागि तयार हुनुभएन । त्यसैले अब कुरा मिलेन’, भुसालले भने, ‘उहाँले तपाईँहरू अहिले एकतामा सहभागी हुनुहोस् । क्रमशः पुनर्गठन हुँदै जानेछ भन्नुभयो । आजको आवश्यकता पुनर्गठनको ढोका नखोलीकन एकता हुन सक्दैन।’
प्रचण्डसँग कुरा नमिलेपछि भुसाल पार्टी पुनर्गठन गर्ने तयारीमा जुटेका छन् । आइतबार एकीकृत समाजवादीका बहुमत सदस्यहरूले माओवादी सहित ८ दलसँग पार्टी एकतामा हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण